काठमाडौं । कोभ्याक्स सुविधामार्फत अमेरिकी सहयोगमा थप ७ लाख ६१ हजार डोज काभिड १९ विरुद्धको फाइजर खोप नेपाल भित्रिएको छ ।
११ वर्षमाथिका नागरिकले लगाउन मिल्ने सो खोप आज बिहान नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाले जनाएको छ ।
मार्चभित्रमा ५५ लाख डोज खोप नेपाल आइपुग्ने शाखाले जनाएको छ ।