मानव बेचबिखन तथा ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

लामो समयदेखि फरारको सूचिमा रहेका रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं.४ सरुअठा बस्ने सुरेन्द्र राय यादव पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसार पसार र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका यादवलाई  जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीद्वारा शुक्रबार पक्राउ गरिएको हो। अभियुक्तलाई आवश्यक कारबाहीको लागि  जिल्ला अदालत  गौरसमक्ष पेस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमा बढ्यो अपराधका घटनाहरु

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा अपराधका घटनाहरु बढ्दै गएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कर्तव्य ज्यान ५८, जबर्जस्तीकरणी २३५, अपहरण तथा शरिर बन्धक ३, मानव बेचबिखन ८ गरि जघन्य अपराध ३०१, ज्यान मार्ने उद्योग ७३, गर्भ संरक्षण विरुद्धको कसुर १, आत्महत्या दुरुत्साहन ३०, डाँकाचोरी ४ र अन्य चोरी १७६ गरि जम्मा २८४ गम्भीर […]

चितवन कारागारमा ७४१ कैदीबन्दी

चितवन । कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यीमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको बताइएको छ ।       कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका छन् । अन्य १४८ कैदी र ६० बन्दी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । उनीहरूमध्ये एक महिला बन्दी हुन् । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जबर्जस्ती करणीमा रहेका कैदीबन्दी अधिकांश ४० वर्ष माथिका छन् । यस कारागारमा दोस्रो ठूलो संख्यामा लागू औषधसम्बन्धी कसूरका कैदीबन्दी छन् । लागू औषधसम्बन्धी कसूरका १४० कैदीबन्दी रहेको उनले बताए ।      लागू औषधसम्बन्धी कसूरमा १० महिला र १३० पुरुष कारागारमा छन् । उनीहरू २५ वर्षभन्दा माथिका रहेको आचार्यको भनाइ छ । यस्तै कर्तव्य ज्यान मुद्दामा ८१ पुरुष र २१ महिला गरी १०२ जना छन् । गैँडाको खाग विक्री मुद्दाका ६९, सवारी ज्यान मुद्दाका ५५, चोरी मुद्दाका ४९ कैदी रहेको कार्यालयले बताएको छ ।       डाँका, ज्यान मार्ने उद्योग, जिउ मास्ने बेच्ने मानव बेचबिखन, अपहरण तथा शारीरिक बन्धक, केही सार्वजनिक अपराध, हातहतियार खरखजाना, काठचोरी, आत्महत्या दुरुत्साहन, ठगी, गौबध, खोटाचलान, बहुविवाह, सैनिक ऐन/प्रहरी, सम्पत्ति शुद्धीकरण र आगजनी मुद्दाका कैदीबन्दी कारागारमा छन् ।      आचार्यका अनुसार उनीहरूसँगै दुईजना आश्रित नाबालिग रहेका छन् । यस कारागारमा चितवनसहित तीन जिल्लाका कैदीबन्दी रहेको उनले जानकारी दिए । मकवानपुर र नवलपुर जिल्लाका कैदीबन्दी धेरै चितवन आउने गरेको उनले बताए । स्वास्थ्य सुविधाका कारण चितवनमा कैदीबन्दी बढी आउने गरेको उनको भनाइ छ । नवलपुरमा आफ्नो कारागार कार्यालय नहुँदा यहाँ कैदीबन्दीको चाप बढेको हो । यस कारागारमा क्षमता भन्दाबढी कैदीबन्दी रहेका छन् । २५५ जनाको क्षमता रहेको पुरुष कैदीबन्दी गृहमा ६९० जना र २५ जना कैदीबन्दीको क्षमता भएको महिला बन्दी गृहमा ५१ जना छन् ।  रासस

प्रदेश १ मा दुई हजार मुद्दा दर्ता

प्रदेश १ मा दुई हजारभन्दा बढी आपराधिक घटनासँग सम्बन्धित मुद्दा दर्ता भएका छन्। प्रदेश १ प्रहरी कार्यालयकाअनुसार पहिलो चौमासिक अवधिमा २ हजार १ सय वटा ७ वटा मुद्दा दर्ता भएका छन्। कर्तव्य ज्यान, लागुऔषध, मानव बेचबिखन, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, चोरीलगायत विभिन्न शिर्षकमा मुद्दा दर्ता भएका छन्।