काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तारा एयरको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले विमान दुर्घटनामा मृत्यु भएकाप्रति समवेदना जनाएका छन् । ‘यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्य र यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ’, देउवाले भनेका छन् ।