पुस ११, काठमाडौं । सिसा हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ ।
सभा कम्पनीको कार्यालय हात्तिसार, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीले कार्यालयमा पेश गर्नु पर्ने विवरण लयायतका कागजातहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।