असार ३०, काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीको साधारण सभा बिहीवार हुँदैछ । नेको इन्स्योरेन्स कम्पनी, आँधीखोला लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रोपावर कम्पनीले साधारण सभा आयोजना गरेका हुन् ।
नेको इन्स्योरेन्स कम्पनीले बिहान ११ बजे कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट सभा गर्ने जानकारी गराएको छ । सभाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८२५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । असार १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
त्यसैगरी, आँधीखोला लघुवित्त वित्तीय संस्थाले चौंथो वार्षिक साधारण सभा बिहीवार बिहान ११:३० बजे होटल गाउँवेशीको सभाहल वालिङ ८, स्यांजामा हुने जानकारी गराएको हो ।
सभाले यस कम्पनी र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीको
शेयरधनीदर्ता पुस्तिका असार १५ गतेदेखि ३१ गतेसम्म बन्द रहनेछ । हाल कम्पनी धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा रहेकाले २०७६ पुस २ गतेबाट शेयर कारोबार रोक्का रहेको छ ।
नेशनल हाइड्रोपावर कम्पनीले बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा हुनेछ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले लोअर इर्खूवाहाइड्रो पावर कम्पन लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणपमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा २०७७ फागुन २ मा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । यस नेशनल हाइड्रोपावर कम्पनीमा अन्य हाइड्रो कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।