काठमाडौँ। आइतबार र सोमबार उच्च अंकले बढेको सेयर बजार आज मंगलबार भने घटेको छ। सेयर बजार परिसूचक नेप्से आज मंगलबार ४४ दशमलव ८० अंकले घटेर २ हजार ८८.१६ विन्दुमा झरेको छ।
सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ। बजारसँगै कारोबार सङ्ख्या र रकम पनि घटेको छ।