बझाङ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा बझाङको जयपृथ्वी नगरपालिकाको नगर सभापतिमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । नगर सभापतिमा हिरेन्द्र छत्याल, डम्बरबहादुर सिंह र खगेन्द्र खड्का बीच कडा प्रतिष्पर्धा हुने भएको हो । काँग्रेसले जिल्लाका सबै वडामा सहमतिको आधारमा अधिवेशन सम्पन्न गरी सकेको भएपनि लामो समयसम्म काँग्रेसका अग्रज नेताहरुले सर्वसम्मत अधिवेशन गर्न खोजे पनि सहमति हुन सकेको छैन । पार्टीको नगर नेतृत्व चयनका लागि काँग्रेसमा क्षेत्रीय प्रतिनिधिहरुले नै मतदानमा सहभागी