काठमाडौं । निर्माण व्यवसायीहरुले निषेधाज्ञाको समयमा ‘कन्स्ट्रक्सन होलिडे’ लागू गर्न सरकारसँग माग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले कोभिड–१९ को दोस्रो लहर संक्रमणको त्रास र निषेधाज्ञाले निर्माण क्षेत्रमा काम गर्न असहज भएको अवस्थामा निषेधाज्ञाको अवधिभर शून्य समय (कन्स्ट्रक्सन होलिडे) मान्न सरकारसँग माग गरेको हो । यस्तो समयमा सरकारका अत्यावश्यक निर्माण नगरी नहुने आयोजनाहरु बाहेक सम्पूर्ण आयोजना परियोजनाहरुलाई रोकी सो स