विराटनगर : कामको गति सुस्त भएको आरोप खेप्दै आएका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पछिल्लो समय मन्त्री नै नभएको मन्त्रालयमा कार्यकर्तालाई स्वकीय सचिवको जिम्मेवारी दिएको भन्दै विवादमा तानिएका छन्।पाँचदलीय गठबन्धनको समर्थनमा गत कात्तिकमा मुख्यमन्त्री नियुक्त भएको महिना दिन बितिसक्दा समेत मन्त्रिपरिषद विस्तारका साथै अन्य काममा अलमलिएका मुख्यमन्त्री राईले भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ४ जनालाई सचिवमा नियुक्त गरेका हुन