प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले पुनः मन्त्री थप्न सकिने बताएका छन् । मुख्यमन्त्री राईले प्रदेश सभामा मन्त्री र मन्त्रालयको संख्या बढाएर खर्च बढेको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनको यो अभिव्यक्तिले प्रदेश १ मा पुनः विवाद सिर्जना हुने देखिएको छ । प्रदेशसभामा नेकपा एमालेका सांसदहरुले ७ वटा मन्त्रालयलाई विभाजन गरेर १३ वटा बनाउनुको औचित्य पुष्टि हुन नसकेको भन्दै पुनः मन्त्रालय संख्या ७ वटामा झार्नुपर्ने बताएका थिए । जवाफमा मुख्यमन्त्री राईले मन्त्