विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सामाजिक सञ्जालमार्फत आगामी कार्यकालका लागि प्रदेश १ का लागि प्राथमिकतामा पर्ने सातवटा कार्ययोजना सार्वजनिक गरेका छन्।मन्त्री आङ्बोले आगामी ५ वर्षे कार्ययोजनामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन्। विगत ५ वर्षको प्रदेश सरकार र प्रदेश सभामा रहँदा प्राप्त ज्ञान अनुभव र भर्खरै सम्पन्न निर्वाचनमा मतदाता र नागरिकको मनोवृत्ति र मनोविज्ञानको आधारमा आगामी ५ वर्षको कार्ययोजना सार्वजनिक गरेको उनले बताएका छन्। मन्