सरकारी स्वामित्वका जलविद्युत् आयोजनामा विदेशी सरकारी र निजी कम्पनीहरूको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा कसरी लगानी जुटाउन सकिन्छ भन्नेबारे अध्ययन गरेर सुझाव पेस गर्न कार्यदल गठन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।