एमाले बैठकः धर्म निरेपक्षता खारेजदेखि कार्यकारी प्रधानमन्त्रीसम्मका सुझाब

समूहगत छलफलमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने माग पनि उठेको छ ।

सम्बन्धित सामग्री

लुम्बिनीको प्रवर्द्धनका लागि अन्तराष्ट्रिय शान्ति महोत्सव आयोजना हुने

काठमाडौँ ।   विश्‍व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको प्रवर्द्धनका लागि अन्तराष्ट्रिय शान्ति महोत्सव आयोजना गरिने भएको छ । लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न म्याराथन दौड, ध्यान र सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिको आयोजकले बताएको छ । नेपाल पर्यटन बोर्ड, नेपालका लागि चीनको दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् नेपालले यही चैत २३ र २४ गते ‘लुम्बिनीमा शान्ति महोत्सव आयोजना  गर्ने लागेका हुन् । महोत्सवमा लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तरराष्ट्रिय ध्यान दिवस र लुम्बिनी अन्तरराष्ट्रिय कन्सर्ट गरी तीनवटा महत्वपूर्ण कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ। लुम्बिनीलाई   विश्‍वव्यापी रूपमा ‘  विश्‍व शान्ति र संस्कृतिको पर्यटकीय गन्तव्य’का रूपमा स्थापित गर्ने अपेक्षा रहेको आयोजकको भनाइ छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीका लागि पवित्र तीर्थस्थल र प्रमुख पर्यटकीय गन्तव्य हो। लुम्बिनीको थप ब्राण्डिङ, नेपालको पर्यटन प्रवर्द्धन र चीनलगायत   विश्‍वका विभिन्न मुलुकसँग नेपालको मैत्रीपूर्ण आदानप्रदान बढाउन लुम्बिनीमा साँस्कृतिक र खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको चिनियाँ राजदूतावासको काउन्सिलर वांग सिनले पत्रकार सम्मेलनमा बताए । मेलाअन्तर्गत आगामी शुक्रबार विहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा करिब दुई घण्टा अवधिको लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन हुनेछ । ध्यानका लागि करिब सय जना भिक्षुभिक्षुणी र ४ सय जना सर्वसाधारण गरी पाँच सय जनाको सहभागिता हुने अपेक्षा आयोजकको छ । त्यसैगरी शनिबार विहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमीटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड गरिने छ । पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ । दौड र वाकथ प्रतियोगितामा ६ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ । लुम्बिनी स्क्वायर थियटरमा शनिबार साँझ लुम्बिनी पिस कन्सर्टको रुपमा मनोरञ्जनात्मक प्रस्तुती देखाइने छ । कन्सर्टमा चिनियाँ क्लासिक गीत, बुद्धधर्मसँग सम्बन्धित संगीत र नेपाली लोक गीतलगायतका सांस्कृतिक प्रस्तुति समावेश गरिने छन् । साँस्कृतिक प्रस्तुतिका लागि चिनियाँ गायिका उलान थुया र कलाकार लु निङ, नेपाली गायिका आनि छोइङ् डोल्मा र लुम्बिनीकास्थानीय कलाकारले प्रस्तुति दिनेछन् । करिब २ हजार दर्शकले सो सांस्कृतिक कार्यक्रम हेर्ने अनुमान गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, लुम्बिनी कोषका सदस्यसचिव सानुराजा शाक्य र नेपाल पर्यटन बोर्डकी कामु प्रमुख कार्यकारी अधिकृत नन्दिनी थापाले लुम्बिनीमा आयोजना गरिने शान्ति मेलाले ध्यान, धर्म, संस्कृति, खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रियरूपमा नेपालको पर्यटन प्रवर्द्धन गर्न ठूलो मद्दत पुग्ने उल्लेख गरे । सो अवसरमा विभिन्न विधाका कार्यक्रममा लागि तयार पारिएका फरक फरक लोगोहरू पनि सार्वजनिक गरिएको थियो ।

किन बाहिरी नेताहरुले कान तान्ने गर्छन् हाम्रा कार्यकारी प्रमुखको?

वर्तमान संविधान र व्यवस्थाको जग हल्लिएको र त्यसको पतन निकट देखिँदा व्यवस्था पक्षधर र तिनका बाह्य अभिभावक शक्तिहरु आ-आफ्ना हिसाबले वैकल्पिक सम्भावनाको खोजी तथा चिन्तनमा लागेका छन्। संविधान र व्यवस्था गए पनि त्यसका मौलिक भनिएका तीनवटा खुट्टा धर्म निरपेक्षता, गणतन्त्र र दाताहरुको समर्थनमा ‘जीवित’ संघीयता नै बोकेर विकल्पको खोजीमा जानुपर्छ भन्ने एउटा समूह छ भने […]

लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक 'परिवर्तनका संवाहक : लक्ष्मीदास ' सार्वजनिक

काठमाडौं। लक्ष्मीदास मानन्धरको जीवनीमा आधारित पुस्तक 'परिवर्तनका संवाहक' सार्वजनिक भएको छ । भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवम् समाजसेवी स्वर्गीय मानन्धरको जीवनीमा आधारित पुस्तकलाई एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शनीवार लोकार्पण गरेका छन् । शनिबार काठमाडौंकाे एक होटलमा आयोजना गरिएको कार्यक्रममा 'परिवर्तनका संवाहक : लक्ष्मीदास' पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनकवि दुर्गालाल श्रेष्ठ, लेखक लक्ष्मण अधिकारी, लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रिरत्न मानन्धर, भाषासेवी मल्ल के सुन्दर, धर्मोदय सभाका अध्यक्ष एवम् उद्योगपति पद्मज्योति, पूर्वमन्त्रीहरू जीवनराम श्रेष्ठ, तीर्थराम डङ्गोल, साल्ट ट्रेडिङका सञ्चालक प्रदिपलाल श्रेष्ठ, चेम्बर उपाध्यक्ष एवम् साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन लगायतको उपस्थिति रहेको थियो। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्वर्गीय लक्ष्मीदास मानन्धर पुस्तकमा राजनीतिक पाटो छुटेको महसुस भएको उल्लेख गर्दै मानन्धर खुला पुस्तक रहेको बताए । लक्ष्मीदास बहुप्रतिभाशाली र प्रेरणादायी व्यक्तित्व रहेको बताउँदै नयाँ पुस्ताले लक्ष्मीदास र उनको पुस्ताबाट अनेकौँ शिक्षा लिन सक्ने उनको भनाइ थियो । उद्यमी, समाजसेवी, भाषासेवी, धर्मसेवीलगायत सबैले उनीबाट धेरै कुरा सिक्न सक्ने पनि नेपालको भनाइ थियो । कार्यक्रममा बोल्दै स्वर्गीय मानन्धरका कान्छा छोरा नारायणदास मानन्धरले उद्योग व्यापार क्षेत्रका अग्रणी पुस्ताका व्यक्तित्व लक्ष्मीदास मानन्धरको जीवनले समाजसेवी र कर्म योगी बन्न प्रेरित गर्ने उल्लेख गर्दै वार्षिक पुण्य तिथिको अवसरमा उनको जीवनी पुस्तक लोकार्पण गरिएको बताए । जनकवि दुर्गालाल श्रेष्ठले कविता रचनामार्फत उनले भाषा, धर्म, व्यापार, समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गर्दै लक्ष्मीदास अनुकरणीय व्यक्तित्व भएको बताए। त्यस्तै, पुस्तकका लेखक लक्ष्मण अधिकारीले लगनशीलता र कर्मशीलताले लक्ष्मीदास सफल उद्योगपति व्यवसायी एवम् समाजसेवी बन्न सकेको र परिवर्तनमा उनको योगदान रहेको उल्लेख गरे  । लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रि रत्न मानन्धर, भाषासेवी मल्ल के सुन्दर लगायतले मन्तव्य  राख्ने क्रममा स्वर्गीय लक्ष्मीदास मानन्धरको योगदानको स्मरण गर्दै उनकाे जीवन बहुआयामिक रहेको बताएका थिए ।

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौँ – राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको प्रस्ताव गरेको छ । ‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । साथै प्रत्यक्ष निर्वाचित कार्यकारी […]

वातावरण दिवसको अवशरमा नेपाल मानवधर्म सेवा समितिले गर्यो वृक्षारोपण

काठमाडौँ – विश्व वातावरण दिवशको अवसरमा नेपाल मानवधर्म सेवा समितिले वृक्षारोपण कार्यक्रम गरेको छ । समितिले काठमाडौं, गौशालाको भण्डारखाल क्षेत्र भित्र र शिवपुरी बाबा समाधी स्थल वरपर वृक्षारोपण गरेको हो । नेपाल मानव धर्म सेवा समिति बागमति प्रदेश प्रमुख लता बाईजी, पशुपती क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा तथा काठमाडौं महानगरपालिका वडा नं ८ […]

देउवाले पार्टीमा सुरु गरे कार्यकारी भूमिका

१४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक १५ मिनेट, चार प्रस्ताव पारित  कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाटै सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका सुरु गरेका छन् । शनिबार बसेको...

चौथो विश्व संस्कृत दिवस मनाउन समिति गठन

काठमाडौं, २ भदौ । चौथो विश्व संस्कृत दिवस मनाउन मूल समारोह गर्ने गरी निर्देशन समिति र कार्यकारी परिषद् गठन गरिएको छ । जरोकिलो प्रतिष्ठानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीको संयोजकत्वमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्राडा नारायणप्रसाद गौतम, सनातन धर्म महासङ्घका उपाध्यक्ष सहप्राडा माधवप्रसाद पाण्डेय र जयतु संस्कृतम् […]

राजमो दाङले सुरु गर्‍यो ‘वडा-वडामा सभा, टोल-टोलमा समिति’

शुक्रराज भण्डारी, दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकारले प्रतिनिधि सभाको विघटन गरेर गम्भीर गल्ती गरेको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा दाङले शनिबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले ओली सरकारको यो कदमले प्रतिगामी शक्तिहरू सल्बलाउने मौका पाएको, राष्ट्रियता झनपछि झन् कमजोर भएक‍ो बताउनु भयो । प्रतिनिधि सभा विघटन हुँदा देश अस्थिरता र अनिश्चितताको दिशामा गएको बताउँदै दक्षिणी छिमेकीको चाहना यहि रहेको र उसको चाहना पूरा गराउने काम ओली सरकारको कदमले गराएको बताउनु भयो । कार्यकारी अध्यक्ष नेपालीले यो स्थिति निर्माणका लागि नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल उत्तिकै जिम्मेवार रहेको समेत बताउनु भएको छ । उहाँले नेपाली जनताले शात दशकदेखि लडेर र सहिदको रगतसँग साटेर प्राप्त गरेको गणतन्त्र र धर्म निरपेक्षता धेरै संकटमा परेको बताउँदै यसको संरक्षणका लागि आम नेपाली जनतालाई आह्वान गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले संघीयताको भारी बोकेर देशलाई असफल बनाउन खोजिएको बताउनुु भयो । उहाँले राष्ट्रिय जनमोर्चाका कार्यकर्तालाई संगठन निर्माणका लागि गाउँ गाउँ र टोल टोलमा जान आग्रह गर्नु भयो। कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसीले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष चित्रबहादुर एमसी, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष टीका विक, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएम, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केशव खनाल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, अखिल नेपाल किसान महासंघका दाङ जिल्ला अध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल उद्योग व्यापार संघका दाङ जिल्ला अध्यक्ष जगत पोख्रेल, अखिल नेपाल महिला संघका दाङ जिल्ला सचिव सारदा थापा, सहिद टंक आचार्यका बुबा ननुकान्त आचार्य, अखिल नेपाल ट्रेड युनियन ...