राजमो दाङले सुरु गर्‍यो ‘वडा-वडामा सभा, टोल-टोलमा समिति’

शुक्रराज भण्डारी, दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकारले प्रतिनिधि सभाको विघटन गरेर गम्भीर गल्ती गरेको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा दाङले शनिबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले ओली सरकारको यो कदमले प्रतिगामी शक्तिहरू सल्बलाउने मौका पाएको, राष्ट्रियता झनपछि झन् कमजोर भएक‍ो बताउनु भयो । प्रतिनिधि सभा विघटन हुँदा देश अस्थिरता र अनिश्चितताको दिशामा गएको बताउँदै दक्षिणी छिमेकीको चाहना यहि रहेको र उसको चाहना पूरा गराउने काम ओली सरकारको कदमले गराएको बताउनु भयो । कार्यकारी अध्यक्ष नेपालीले यो स्थिति निर्माणका लागि नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल उत्तिकै जिम्मेवार रहेको समेत बताउनु भएको छ । उहाँले नेपाली जनताले शात दशकदेखि लडेर र सहिदको रगतसँग साटेर प्राप्त गरेको गणतन्त्र र धर्म निरपेक्षता धेरै संकटमा परेको बताउँदै यसको संरक्षणका लागि आम नेपाली जनतालाई आह्वान गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले संघीयताको भारी बोकेर देशलाई असफल बनाउन खोजिएको बताउनुु भयो । उहाँले राष्ट्रिय जनमोर्चाका कार्यकर्तालाई संगठन निर्माणका लागि गाउँ गाउँ र टोल टोलमा जान आग्रह गर्नु भयो। कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसीले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष चित्रबहादुर एमसी, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष टीका विक, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएम, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केशव खनाल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, अखिल नेपाल किसान महासंघका दाङ जिल्ला अध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल उद्योग व्यापार संघका दाङ जिल्ला अध्यक्ष जगत पोख्रेल, अखिल नेपाल महिला संघका दाङ जिल्ला सचिव सारदा थापा, सहिद टंक आचार्यका बुबा ननुकान्त आचार्य, अखिल नेपाल ट्रेड युनियन ...

सम्बन्धित सामग्री

केन्यालाई ३१ रनले हराउँदै नेपालले गर्‍यो टी–२० सिरिज कब्जा

काठमाडौँ – नेपालले केन्यासँगको ५ खेलको टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ। अन्तिम तथा निर्णायक मानिएको टी–२० मा नेपालले घरेलु टोलीलाई ३१ रनले पराजित गर्‍यो। टस जितेर पहिलो ब्याटिङ गर्दै केन्यालाई नेपालले १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा केन्या निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो। नेपालको […]

फिफाले किन निलम्बन गर्‍यो भारतीय फुटबल महासंघलाई ?

३१ साउन, काठमाडौं । तेस्रो पक्षको अनुचित हस्तक्षेप रहेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई सोमबार निलम्बन गर्‍यो । तेस्रो पक्षको हस्तक्षेप र फिफाको नियमको गम्भिर रुपमा उल्लंघन गरेको आरोपमा फिफा ब्युरो काउन्सिलले तत्कालै लागु हुने गरी भारतलाई निलम्बन गरेको हो । पछिल्लो समय एसियामा प्रगति गरिरहेको, विश्व फुटबलको राम्रो बजार भएको र […]

भारतीय सेनालाई श्रीलंका पठाउने बारे खण्डन गर्दै उच्चायोगले जारी गर्‍यो विज्ञप्ति

श्रीलंकामा जारी संकटको बीचमा भारतले श्रीलंकामा सेना पठाउने कुरालाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। श्रीलंकास्थित भारतीय उच्चायोगले त्यस्ता समाचारको खण्डन गरेको छ । भारतीय उच्चायोगले ट्वीट गर्‍यो, ‘उच्चायोगले भारतले श्रीलंकामा आफ्नो सेना पठाउने बारे मिडिया र सोशल मिडियामा काल्पनिक रिपोर्टहरूलाई स्पष्ट रूपमा खण्डन गर्न चाहन्छ। यी रिपोर्टहरू र त्यस्ता विचारहरू भारत सरकारको हैसियतसँग मेल […]

नेसनल कलेज फर हाइयर एजुकेसनले गर्‍यो माइकल क्रफ्टको साक्षात्कार कार्यक्रम

नेसनल कलेज फर हाइयर एजुकेसन धुमबाराहीले हालै युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रफ्टको साक्षात्कार कार्यक्रम आयोजना गर्‍यो ।

संखुवासभा घटनाः गाउँमा बाहिरबाट कोही आएको छैन, कस्ले गर्‍यो ६ जनाको हत्या?

झापा – गाउँमा बाहिरबाट कोही आएको थिएन। तर परिवार नै सखाप पार्नेगरी कसले गर्‍यो एकै परिवारका ६ जनाको हत्या? अहिले यो प्रश्न संखुवासभाको मादी नगरपालिका १ का प्रायः बासिन्दाको मनमा छ। घटनाबाट बाँचेका एक जना बृद्ध पनि कान नसुन्ने र आँखा कम देख्ने रहेका मादी १ का वडाध्यक्ष खेमनाथ कटुवालले बताए। उनले देशसञ्चारसंग भने, ‘बाहिरबाट […]

‘सरकारले रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गर्‍यो’

काठमाडौं, असार २८ । रेष्टुरेन्ट तथा होटल व्यवसायीले सरकारले रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गरेको गुनासो गरेका छन् । रेष्टुरेन्ट तथा होटल व्यवसायी संघ (रेबान) ले सोमबार पत्रकार सम्मेलन गरि सरकारबाट पाउनुपर्ने कुनै पनि प्रकारको सहुलियतपुर्ण कर्जा नपाएको, पुर्नकर्जा नपाएको र बजेटमा समेत कुनै पनि व्यवस्था नगर्दा रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गरिएको बताएका हुन् । संघका अध्यक्ष अरनिको […]

प्रहरीले रामकुमारीलाई किन पक्राउ गर्‍यो ? किन छाड्यो ?

२९ माघ, काठमाडौं । झण्डै दुई साता बालुवाटारको दबाव थेगेको प्रहरीले बिहीबार विहान नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्‍यो । राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको प्रहरीले अदालतमा समेत लैजान आँट गरेन । केही घण्टा प्रहरी हाकिमको कोठामा राखेर छाड्यो । दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी उनी करिब ५ घण्टा […]