‘गणतन्त्र र संघीयताले नागरिक निराश छन्’

७० वर्ष यता नेपालको राजनीतिक प्रणालीमा आएको परिवर्तन र परिवर्तनले देखाएका सपना साकार पार्ने सन्दर्भमा राजनीतिक नेतृत्व चुकिराखेको अवस्था छ। ठूलो परिवर्तन भए पनि नागरिकले त्यसको महसुस गर्न पाएका छैनन्। मुख्य रूपमा राष्ट्र र राष्ट्रियताको सन्दर्भमा आधारित रहेर राष्ट्रिय प्रजातन्त्र पार्टी सक्रिय देखिन्छ। यही प्रणाली भित्र बसेर राजसंस्थासहितको प्रजातन्त्र कसरी सम्भव छ ? राप्रपाका नेता […]

सम्बन्धित सामग्री

नागरिकमा परिवर्तनको आभास

दोस्रो जनआन्दोलनसँगै स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाले डेढ दशक समयावधि पार गरेको छ । यो शताब्दीकै सबैभन्दा सुन्दर शासन व्यवस्था हो । राजनीतिक परीक्षणका अलौकिक र सुन्दर स्वरूपहरूको उच्चतम अभ्यास नै गणतन्त्र हो । यस प्रकारको शासन बहालीसँगै नागरिकमा धेरै आशा थिए र अभैm छन् । देशमा विद्यमान असमानता, अशान्तिको सम्पूर्ण दोष लागेको राजतन्त्रको समूल अन्त्यपछि दूर सभ्यता र प्रगतिको अपेक्षा थियो । नागरिक जीवनमा सर्वपक्षीय उन्नयनहरूको उभारको प्रतीक्षा थियो तर पनि नागरिक अलिक निराश छन्, सरकार तथा दलहरू नागरिकप्रति कमै उत्तरदायी भएको महसुस गर्छन् । पात्र, प्रवृत्ति र स्वार्थ नबदलिएका भन्छन् । नागरिकको आशा सार्थक बनाउने क्रममा शासन व्यवस्थाहरू निकै उदासीन र कम प्रभावी मात्र बनेको भन्दै चिन्ता जाहेर गरिँदै छ ।

गणतन्त्र बाधक कि सहयोगी ?

राजतन्त्रकै कारण मुलुकको आर्थिक अवस्था सुध्रन नसकेको निष्कर्षसहित राजनीतिक दलले थालेको आन्दोलनमा जनताले साथ दिए । राजतन्त्रले बिदा लियो । मुलुक गणतन्त्रात्मक भयो । संघीय शासन लागू भयो । तर जनता राजतन्त्रका बेलाभन्दा बढी निराश देखिएका छन् । किन ?  हुन त एकथरी मानिसहरू राजतन्त्र भएका बेलामा मुलुक एकदमै राम्रो अवस्थामा थियो र राजतन्त्र गएपछि मुलुक ध्वस्तै भयो भनेजसरी तर्क गरिरहेका पनि भेटिन्छन् । यो अतिवादी विचार हो । राजतन्त्रका बेलामा भन्दा मुलुकका हरेक सूचक सकारात्मक बनेको छ । प्रतिव्यक्ति आयदेखि मानव विकास सूचकांकसम्मका आँकडा हेर्दा मुलुकले प्रगति गरेको छ । यो प्रगतिलाई कमजोर आँक्नु हुँदैन । हो, अन्य देशको दाँजोमा मुलुकको प्रगति सुस्त छ । जनताको अपेक्षाको दाँजोमा विकासको गति निकै छैन । सुशासन कमजोर भएकाले जनता बढी निराश भएका हुन् । त्यसमाथि दशकौंदेखि समान अनुहार सत्तामा देख्दा तीव्र असन्तुष्टि पैदा भएको हो । समावेशितामा नेपाल आर्थिक रूपले सम्पन्न देशभन्दा निकै माथि छ । शिक्षाको स्तर पनि नराम्रो छैन । औसत उमेर पनि निकै बढेको छ । यसले मातृशिशुको स्वास्थ्यका क्षेत्रमा नेपालले निकै प्रगति गरेको छ भन्ने देखाउँछ । तर, यति हुँदाहुँदै पनि जनताप्रति गणतन्त्रप्रति र वर्तमान राजनीतिक नेतृत्वप्रति किन तीव्र असन्तुष्टि बढिरहेको छ त ?  गणतन्त्रपछि धनी र गरीबबीचको खाडल झन्झन् गहिरिएको छ । भूमिहीन र सुकुमबासीको समस्या राजनीति गर्ने माध्यममात्रै बनेको छ । कानूनमा  जे भए पछि अझै व्यवहारमा जातीय छुवाछुत र लैंगिक असमानता देखिन्छ । अन्धविश्वास र कुरीतिले अझै पनि जरा गाडिरहेको छ । तल्लो वर्गले सन्तानलाई सहज रूपमा पढाउन सक्ने स्थिति छैन । शक्तिशालीहरू राज्यस्रोतबाट विदेशमा उपचार गराइरहेका छन् । तर, गरीब र विपन्न वर्गका मानिसहरू सामान्य रोगको उपचार पनि नपाएर ज्यान गुमाइरहेका छन् ।  मुलुक संघीयतामा गए पनि सानातिना स्थानीय मुद्दामा समेत केन्द्रलाई गुहार्नुपर्ने बाध्यता छ । सिंहदरबारले निमुखा जनताको आवाज सुनेन भनेर संघीयता चाहिएको हो । खर्चिलो संरचना भए पनि नजिकको सरकार भएकाले आम नागरिकले सहज पहुँच पाउने अपेक्षा छ । तर, व्यवहार त्यसअनुसार भएको पाइँदैन । संविधान र विधि, पद्धतिबाट सरकार चल्नुपर्ने हो तर यहाँको अभ्यास सन्तोषजनक छैन । सत्तामा पुग्ने र जसरी पनि त्यसमा कब्जा जमाउने ध्याउन्नमा दलका नेतृत्व मरिमेटेर लागेका छन् । तिनले लोकतन्त्रको जति नै दुहाइ दिए पनि व्यवहारचाहिँ लोकतान्त्रिक बनाएका छैनन् । लोकतान्त्रिक भनिएका दल र तिनका नेता निरंकुशतातर्फ लागेको पाइन्छ । सत्ता र शक्तिमा हालिमुहाली गरिरहेको उपल्लो वर्गका लागि मात्रै संघीयता चाहिएको जस्तो देखिन्छ । लोकतन्त्र भनेको सिद्धान्त र संस्थामात्र होइन, जीवनशैली र व्यवहार हो । लोकतन्त्र आमजनसंस्कृति बन्न सक्नुपर्छ । राजनीतिक दलले नै यसलाई संस्कृतिका रूपमा अंगीकार नगरेकाले जनतामा यसप्रति वितृष्णा र असन्तुष्टि बढेको हो ।  जबसम्म जनताको अपेक्षालाई सम्बोधन गरिँदैन, जबसम्म राजनीतिक नेतृत्व स्वच्छ हुँदैन, जबसम्म शासन र प्रशासन स्वच्छ हुँदैन तबसम्म लोकतन्त्र र गणतन्त्रप्रति जनता सकारात्मक र आशावादी हुन सक्दैनन् । त्यसैले अहिले राजनीतिक नेतृत्वका काम नै जनतामा आशा जगाउनु हो ।   मौसम अधिकारी कलंकी, काठमाडौं ।

एक्जिट पोलको सन्देश : मतदाताले बजाए आक्रोशको घण्टी

रवि लामिछाने नेतृत्वमा भर्खरै खुलेको यो दलले भ्रष्टाचारमुक्त समाज बनाउने, सुशासन र विकास दिने भनी गरेका वाचातर्फ जनलहर आकर्षित छ । अनि यसभन्दा अघि संसदमा ठूलो हैसियतमा रहेका एमाले, कांग्रेस, माओवादीप्रति नागरिकहरु चरम निराश र आक्रोशित भएको उनीहरुका जवाफले बताउँछ ।

गणतन्त्रका धमिरा

गणतन्त्र स्थापनापछि मुलुकले कोल्टे फेर्ने अनुमान आम नेपालीले गरेका थिए । तर मुलुकमा जारी अस्थिर राजनीतिले सबैलाई निराश बनाइदिएको छ । राजतन्त्रविरुद्ध सडकमा उत्रिएका आम नेपाली आज फेरि हिजोको आन्दोलन किन र कसका लागि भनेर प्रश्न गर्न थालेका छन् । हिजो राजतन्त्रविरुद्ध नारा लगाउनेहरु आज राजतन्त्र नै ठिक थियो कि भन्ने बहस गर्न थालेका छन् […]

स्थानीय तहको क्षमता अभिवृद्धिमा ध्यान देऊ

मुलुक संघीयतामा गएपछिको पहिलो चुनावबाट आएका जनप्रतिनिधिको पहिलो कार्यकाल सकिँदै छ । पहिलो कार्यकाल सकिँदै गर्दा कतिपय स्थानीय तहले नागरिकमा आशा तथा भरोसा जगाएका छन् भने कतिपयले भने निराश पारेका छन् । अघिल्लो व्यवस्थाअन्तर्गतका स्थानीय चुनाव नभएको करिब २५ वर्षपछि संघीय गणतन्त्र नेपालको तीन तहको सरकारमध्ये नागरिकको सबैभन्दा नजिक भएको तथा सेवाप्रवाहमा पनि नागरिकसँग प्रत्यक्ष […]

रिहा भएपछि बालकृष्णले भने- 'त्यति खुसी पनि छैन र निराश पनि छैन'

काठमाडौं : सशस्त्र द्वन्द्वकालको एक घटनामा सर्वोच्चबाट दोषी ठहर भइ कैद भुक्तान गरिरहेका पूर्व सभासद् एवं माओवादी नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसको अवसरमा रिहा भएका छन्। ढुंगेललाई केद मिनाहा दिन