सुर्खेतमा १३२ केभी लाइन विस्तारमा समस्या

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा  १३२ केभीय प्रशारण लाइन विस्तारका लागि मन्त्रिपरिषद्ले बाटो खोले पनि अझै राष्ट्रिय निकुन्ज बाधक देखिएको छ । १७५ रोपनी जग्गा प्रयोग गर्नुपर्ने भएपछि सोही जग्गा बराबरको जमिन निकुन्जलाइ उपलब्ध गराउनु पर्ने बाध्यकारी नियमका कारण विद्युत् लाइन विस्तारमा समस्य देखिएको हो । सो समस्य फुकाउनका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्री […]

सम्बन्धित सामग्री

विद्युत् समस्या समाधानका लागि नेपालगञ्ज–कोहलपुर प्रसारण लाइन निर्माण गरिने

बाँके जिल्लामा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने भएको छ ।

६ महिनाभित्र कर्णालीमा १३२ केभी प्रशारण पुग्ने

सुर्खेत : सम्झौता मिति सकिन करिब ८ महिना बाँकी रहँदा कर्णालीमा १३२ केभी प्रशारण लाइन तोकिएकै मिति भित्र पूरा हु्ने भएको छ। मुआब्जादेखि अन्य विवाद सल्टिएपछि कोहलपुर–सुर्खेतमा १३२ केभी प्रशारण लाइन तोकिएकै मितिमा भित्र पूरा हुने भएको हो।बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिब करिब हल उन्मुख भएपछि काममा तीव्रता आएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ।विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाभार हु

सुर्खेतमा १३२ केभी लाइन विस्तारमा समस्या

कर्णाली प्रदेश राजधानी सुर्खेतमा  १३२ केभिए  प्रशारण लाइन विस्तारका लागि मन्त्रिपरिषद्ले बाटो खोले पनि अझै राष्ट्रिय निकुन्ज बाधक देखिएको छ । १७५ रोपनी जग्गा प्रयोग गर्नुपर्ने भएपछि सोही जग्गा बराबरको जमिन निकुन्जलाई उपलब्ध गराउनु पर्ने बाध्यकारी नियमका कारण विद्युत् लाइन विस्तारमा समस्य देखिएको हो ।  सो समस्य फुकाउनका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह, नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु यादव र मुख्यमन्त्री जीवनबहादुर शाहीको बीचमा छलफल समेत भ

सुर्खेतमा १३२ केभी लाइन विस्तारमा राष्ट्रिय निकुन्ज बाधक

सुर्खेत– कर्णाली प्रदेश राजधानी सुर्खेतमा  १३२ केभी प्रसारण लाइन विस्तारका लागि मन्त्रिपरिषद्ले बाटो खोले पनि अझै राष्ट्रिय निकुन्ज बाधक देखिएको छ । १७५ रोपनी जग्गा प्रयोग गर्नुपर्ने भएपछि सोही जग्गा बराबरको जमिन निकुञ्जलाई उपलब्ध गराउनु पर्ने बाध्यकारी नियमका कारण विद्युत् लाइन विस्तारमा समस्या देखिएको हो ।   सो समस्या फुकाउनका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्री […]

एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन विस्तार हुन्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक वर्षभित्रै १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने बताएका छन् । शनिबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँगको भेटमा कोहलपुर–सुर्खेतको जोड्ने उक्त विद्युत् प्रसारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा आफू जानकार रहेको बताएका हुन् । उनले भने,‘ कर्णालीका साबिकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी भएको छ।’  उनले कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबा

भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने

भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमिसम्म १३२ केभीको विद्युत् प्रशारण लाइन भूमिगत गरिने भएको छ । प्रशारण लाइन भूमिगत गर्ने भएपछि आज नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यक्रममा  जानकारी गराएको हो ।     वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमि १३२ केभी भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताए । आयोजनाका

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य प्रभावित

मंसिर ७, सुर्खेत । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो । आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएको ढिलाइले निर्माण प्रभावित हुने बताए । ‘आयोजना र नेपाल विद्युत् प्राधिकरणबाट सबै तयारी पूरा भइसकेको छ, मन्त्रिपरिषद्मा रुख कटानसम्बन्धी प्रस्ताव लैजाने काम वन तथा वातावरण मन्त्रालयको हो’, उनले भने । निकुञ्ज क्षेत्रका रुख कटान गर्नुपर्ने भएकाले वन मन्त्रालयलाई समय लागेको हुनसक्ने उनको भनाइ थियो । आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौताअनुसार २०७९ भदौसम्म निर्माण पूरा गर्नुपर्नेछ । हालसम्म रुख कटान शुरु भएको छैन । रुख कटान नहुँदा टावर निर्माणको काम प्रभावित भएको छ । विसं २०७७ असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले यही भदौ तेस्रो सातादेखि निर्माणको काम थालेको हो । रुख कटानको अनुमति पाउन ढिलाइ हुँदा आयोजनाले जहाँ जंगल क्षेत्र छैन त्यस्ता ठाउँमा मात्र टावर निर्माणको काम गरिरहेको छ । हालसम्म १३ स्थानमा टावरको जग निर्माण गरिसकेको छ ।  झण्डै ५२ किमी दूरी रहेको सो प्रसारण लाइनमा डबल सर्किटका १६१ टावर निर्माण गर्नु पर्नेछ । मन्त्रिपरिषद् बैठकबाट रुख कटानको स्वीकृति पाएलगत्तै आयोजनाले रुख कटानका लागि बोलपत्र आह्वान, जग्गाको मुआब्जालगायत प्रक्रिया शुरु गर्नेछ ।  ‘अबको १० महीनाभित्र प्रसारण लाइन निर्माण गरिसक्नुपर्छ’, आयोजना प्रमुख चौधरीले भने, ‘रुख कटानमा ढिलाइ भए प्रसारण लाइन निर्माणको अवधि लम्बिन सक्छ ।’ उनका अनुसार विस्तृत अध्ययन, रुख गणना, डिजाइन र टावर रहने स्थानको टुंगो लागिसकेको छ । सुर्खेतको छिन्चु र बाँकेको चिसापानी गाभरमा स्थानीयवासीको असहमतिका कारण जग्गाको मुआब्जा वितरण हुन नसकेको आयोजनाले जानकारी दिएको छ । विसं २०४५ मा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनका कारण हाल कर्णालीमा ‘अनियमित विद्युत्’ ठूलो समस्याका रूपमा छ । भोल्टेज कम हुने, सामान्य वर्षा र हावाहुरीमै पोल ढल्नेजस्ता समस्याले यहाँका उपभोक्ताले हैरानी खेप्नुपरेको छ । यो आयोजना निर्माण भएमा उक्त समस्या हट्ने कर्णालीवासीको अपेक्षा छ । करीब रू. ७० करोड लागतमा ठेकेदार कम्पनीले प्रसारण लाइनका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदका काम सम्पन्न गर्नुपर्नेछ । प्रसारणलाइनको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्र पर्दछन् ।  प्रसारण लाइनको ७० दशमलव ५४५ भाग वन क्षेत्र, १५ दशमलव १३५ खेतीयोग्य, २ दशमलव २६५ बाँझो जमिन र ११ दशमलव ०६५ अन्य भागले ओगटेको छ । प्रसारण लाइनका लागि जग्गाको क्षेत्रफल २२५ वर्गमिटर तोकिएको छ ।  आयोजनाबाट बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बासगढी नगरपालिका तथा सुर्खेतका भेरीगंगा, लेकबेँसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् । आयोजना बाँकेको कोहलपुर सबस्टेशनबाट प्रारम्भ भई वीरेन्द्रनगरस्थित सुर्खेत सबस्टेशनमा पुगेर टुंगिनेछ । रासस

अर्घाखाँची–गुल्मीको विद्युत् समस्या समाधान हुँदै

नेपाल समाचारपत्र, काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका र अर्घाखाँचीको सन्धिखर्कमा निर्माणधीन १३२/३३/११ केभी सबस्टेसन अन्तिम चरणमा पुगेका छन् । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमश : आगामी मंसिर १५ र पुस १५ गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माणको […]

फागुनसम्म तयार हुने एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइन

काठमान्डाैं / एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या खडा नगर्ने गरी अगाडि बढेपछि प्रसारण लाइन निर्माणतर्फ अगाडि बढेको हो । रामेछापको झिँगाने र टेकनपुरमा टावर बनाउन स्थानीयवासी सहमत भएपछि प्रसारण लाइन निर्माणको कामले... The post फागुनसम्म तयार हुने एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइन appeared first on Purbeli News.

एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने

एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या खडा नगर्ने गरी अगाडि बढेपछि प्रसारण लाइन निर्माणतर्फ अगाडि बढेको हो ।रामेछापको झिँगाने र टेकनपुरमा टावर बनाउन स्थानीयवासी सहमत भएपछि प्रसारण लाइन निर्माणको कामले गति लिएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार अब नयाँ समस्या सिर्जना नभए फागुनसम्ममा प्रसारण लाइन तयार हुनेछ । प्रसारण लाइन तयार भएपछि तत्कालै