ज्ञानेन्द्र शाहीले घोषणा गरे जुम्लाबाट उम्मेदवारी

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सोमबार काठमाडौँमा जुम्लाबाट उम्मेदवारी घोषणा गरेका छन्। आफू पराजित भए पनि आफ्नै जन्मभूमि जुम्लाबाट चुनाव लड्ने उनले बताए। ‘थुप्रै साथीहरुले काठमाडौं वा चितवनबाट चुनाव लड्न सुझाए पनि मैले जुम्लाबाट लड्ने निर्णय गरेको छु,’  उनले भने। उनले जुम्लाले अहिलेसम्म धेरै प्रतिनिधि पाए पनि अवस्था ज्युँका त्युँ रहेको बताए। […]

सम्बन्धित सामग्री

जुम्लामा ज्ञानेन्द्र शाहीको उम्मेदवारीले तरंग

२० कात्तिक, जुम्ला । गत २३ साउनमा काठमाडौंमा पत्रकार भेटघाट मार्फत जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका ज्ञानेन्द्र शाहीले भोट माग्दै जुम्लाका गाउँबस्तीमा ३–४ फेरो लगाइसकेका छन् । सत्ता गठबन्धन र नेकपा एमालेलाई चुनौती दिने गरेर उनले आक्रामक प्रचार प्रसार गरेका छन् । ३० वैशाखको स्थानीय तह निर्वाचनमा राप्रपाका उम्मेदवारले वडाध्यक्ष पदमा पाएको मत […]

जुम्लामा ‘ज्ञानेन्द्र शाही जिताऔँ’ अभियान सुरु

जुम्ला – जुम्लामा ज्ञानेन्द्र शाही जिताउनकाे लागि अभियान सुरु भएको छ। आउँदाे मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका शाहीले आज आइतबार एक औपचारिक कार्यक्रम गरी ‘ज्ञानेन्द्र शाही जिताऔँ’अभियान सुरु गरेको बताएका छन्। सबै स्थानीय तहमा पुगेर स्थानीयवासीसँग भेटघाट गरेपछि अभियान सुरु गरिएको शाहीले बताएका हुन्। शाहीको प्रचार […]

जुम्लामा चुनावी अभियान अघि बढाउँदै ज्ञानेन्द्र शाही

काठमाडौं, ४ भदौ । चुनावको मिति नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही चुनावी क्षेत्र पुगेका छन् । शाही काठमाडौंमा उम्मेदवारी घोषणा गरेपछि चुनावी गतिविधि बढाउन जुम्ला पुगेका हुन् । स्थानीय चुनावमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को बलियो गढ मानिएको जिल्लामा उनले आफूलाई उम्मेदवारको रुपमा अघि सारेका हुन् ।   गत स्थानीय निर्वाचनमा जुम्लाका […]

आम निर्वाचन २०७९ : जुम्लामा जम्लान् त ज्ञानेन्द्र शाही !

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लालाई राजनीतिक थलो बनाउने भएसँगै विभिन्न खालका चर्चा सुरु भएको छ । एकातिर सत्तारुढ गठबन्धन, अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावी रणनीति बनाउन व्यस्त रहेकै समयमा शाहीले उम्मेदवारी घोषणामात्र गरेका छैनन्, आफूले ल्याउने मतको भविष्यवाणीसमेत गरिसकेका छन् ।प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवार बन्ने घोषणा गरेका शाहीले ३१ हजार ८६८ मत ल्याएर चुनाव जित्ने दाबीसमेत गरेका छन् । ‘जुम्लाबाट ३१ हजार ८६८ मत ल्याएर चुनाव जित्

ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार आयोजित कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।  शाहीको उम्मेदवारी घोषणा कार्यक्रममा पार्टीका पूर्वअध्यक्ष डा....

जुम्लाबाट चुनाव लड्छु : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् । सोमबार काठमाडौँमा कार्यक्रम गरेर शाहीले उम्मेदवारी घोषणा गरेका हुन् । राप्रपा नेताहरुका अनुसार पार्टीको जुल्ला कार्यसमितिले पनि शाही मात्र नाम सिफारिस भएको थियो ।

जुम्लाबाट चुनाव उठ्ने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी संसदीय निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन्। काठमाडौंमा सोमबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शाहीले कुनै दलका विरुद्ध नभई जुम्लीको जीवनस्तर उकास्न आफ्नो उम्मेदवारी रहेको बताए। ‘जुम्लामा सुन फल्छ तर नुनको दाममा पनि बिक्दैन, त्यसलाई सुनकै दाममा विक्री गर्न मेरो उम्मेदवारी हो।’ उनले भने, ‘नेपाली भाषाको उद्गम विन्दु जुम्ला हो तर जसले नेपाली बोल्न सिकाय

जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् । सोमबार काठमाडौंमा कार्यक्रम गरेर शाहीले जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर १ र २ का साथै चितवन, रुपन्देही, झापा, कैलालीबाट चुनाव लड्न पार्टी नेताहरुले आग्रह गरेको भए पनि आफूले मातृभूमि रोजेको उनले […]

कोभिड भएपछि ज्ञानेन्द्र शाहीको कार्यक्रममा अनुपस्थित भए लिङ्देन

काठमाडौँ- ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएका छन्। कोरोना भाइरसको संक्रमणका कारण अध्यक्ष लिङ्देन कार्यक्रममा अनुपस्थित भएको आयोजकले जानकारी दिएकाे छ। शाहीले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने भएका हुन्। जुम्लाबाट शाहीले उम्मेदवारी दिनेबारे घोषणा गर्न राप्रपाले सोमबार कार्यक्रम […]