काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी संसदीय निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन्। काठमाडौंमा सोमबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शाहीले कुनै दलका विरुद्ध नभई जुम्लीको जीवनस्तर उकास्न आफ्नो उम्मेदवारी रहेको बताए। ‘जुम्लामा सुन फल्छ तर नुनको दाममा पनि बिक्दैन, त्यसलाई सुनकै दाममा विक्री गर्न मेरो उम्मेदवारी हो।’ उनले भने, ‘नेपाली भाषाको उद्गम विन्दु जुम्ला हो तर जसले नेपाली बोल्न सिकाय