दाङमा कार र माेटरसाइकल ठाेक्किँदा २ जनाकाे ज्यान गयाे

दाङ – दाङमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । गढवामा वाग्मती प्रदेश ०१–२७ च ००७७ नम्बरको कार र रा ६ प ७३७९ नम्बरको मोटरसाइलक ठोक्किँदा आँटीपाकरका अरुण चौधरी र सुरज चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।  ज्यान गुमाउने दुवै जना मोटरसाइकलमा सवार हुन् । हिजो साेमवार भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएकोमा आज ज्यान गएको हो । कारका चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

सम्बन्धित सामग्री

भारतको श्रावस्तीमा कार दुर्घटना - नेपालगञ्जका छ जनाको ज्यान गयाे

काठमाण्डाै - भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेकाे नेपालगञ्जका ६ जनाकाे ज्यान गएकाे छ । भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेकाे भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका छ जनाकाे ज्यान गएकाे हाे । दुर्घटनामा परि नेपालगन्ज सदरलाइनका ३५ वर्षीय वैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताकाे ज्यान गएकाे छ । यस्तै, नेपालगञ्जकाे त्रिभुवनचोकका स...

सिन्धुलीमा कार दुर्घटनामा ज्यान गुमाएका चारै जनाको परिचय खुल्याे

काठमाण्डाै – सिन्धुलीमा भएको भारतीय कार दुर्घटनामा ज्यान गुमाउने चारै जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेहरूमा भारतको बिहारका अभिषेक ठाकुर, राकेशकुमार सिङ, मनु सिङ र गवर सिङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । कारमा रहेका पाँच जनामध्ये धर्मेन्द्रकुमार सोनी घाइते हुनुभएको छ । उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गए राति वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ३ मा कार दुर्घटनामा परेको हो । कार काठमाण्डौ आइरहेको थियो ।

तीनजनाको ज्यान जानेगरी कार चलाउने पक्राउ

सोमबार बिहानै भैरहवा परासी सडक खण्डको भैरहवाका परासी सडक खण्ड अन्तर्गतको ओमसतिया गाउँपालिका वडा नम्बर ४ पननीमा ३ जनाको ज्यान लिने गरी ठक्कर दिने कार र कार चालकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीका अनुसार दुर्घटना गराउने कार बा.८.च. ६५३२ नम्बरको टाटा इण्डिका (भिष्टा)कार फिक्का निलो […]

कार र मोटरसाइकल त्रिसुलीमा खस्दा २ जनाको ज्यान गयो

पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–आँबुखैरेनी सडक खण्डको डम्पिङमा सडक भासिँदा एउटा कार र दुईवटा मोटरसाईकल मस्र्याङ्दी नदीमा खसेको छ। दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते छन्।...

म्यानमारमा कार दुर्घटना, ७ जनाको ज्यान गयो

म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । सो कारमा सवार रहेका व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाए

कार र मोटरसाइकल ठोक्किँदा दाङमा एक जनाकाे ज्यान गयाे

दाङ – दाङमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाकाे ज्यान गएकाे छ । राप्ती गाउँपालिका वडा नम्बर–१ भालुबाङका नरेन्द्र जिसीकाे ज्यान गएको प्रहरीले जनाएकाे छ । लमही नगरपालिका वडा नम्बर–३ मा गएराती बा १० च २५८१ नम्बरको कार र रा ६ प ६८४९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक जिसीको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

कार दुर्घटनामा ज्यान गुमाउने भारतीय नागरिकहरुको सनाखत

कार दुर्घटनामा ज्यान गुमाएका चारै भारतीय नागरिकको सनाखत भएको छ। शनिबार राती भारतीय नम्बर प्लेटको कार रौतहटमा दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो। चन्द्रनिगाहपुर–गौर सडकखण्डको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिबार राति करिब...

रौतहटमा भएको कार दुर्घटनामा ज्यान गुमाउने चारै जना भारतीय नागरिक

काठमाण्डाै - रौतहटमा भारतीय नम्बर प्लेटको कार पल्टिँदा चार जनाको ज्यान गएको छ । चन्द्रनिगाहापुरबाट गौर आउँदै गरेको भारतीय नम्बर प्लेटको कार यमुनामाई गाउँपालिका ४ झुन्खुन्वाचोकमा गएराति सवा १० बजे पल्टिएको प्रहरीले जनाएको छ । रौतहटका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना भारतीय नागरिक हुन् । चालकले जाँड रक्सी खाएर कार चलाएकाले दुर्घटना भएको उहाँले बताउनुभयो । सडकको किनारमा रहेको ठूलो खाल्डोमा गाडी पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार खाल्डोमा पानी जमेको थियो।

रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, चार जनाको ज्यान गयो

काठमाण्डाै - रौतहटमा भारतीय नम्बर प्लेटको कार पल्टिँदा चार जनाको ज्यान गएको छ । गरुडाबाट गौर आउँदै गरेको भारतीय नम्बर प्लेटको कार यमुनामाई गाउँपालिका ४ झुनखुन्वाचोकमा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना भारतीय नागरिक भएको अनुमान छ । तर, परिचय खुलिसकेको छैन । सडकको किनारमा रहेको ठूलो खाल्डोमा गाडी पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार खाल्डोमा पानी जमेको थियो।

प्यूठानमा कार दुर्घटना हुँदा चालकको ज्यान गयो

दाङ – प्यूठानमा कार दुर्घटना हुँदा चालकको ज्यान गएको छ । प्यूठानको मल्लरानी गइरहेको ध १ झ ५ नम्बरको कार दुर्घटना हुँदा चालक दाङको तुलसीपुरका प्रकाश आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बिहान कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका कर्मचारीसहित वनभाेज खान मल्लरानी जाँदै गर्दा कार दुर्घटना भएको प्रहरीको भनाइ छ ।