नेप्सेमा उतारचढाव : १९९५ अङ्कसम्म झरेर बढ्यो नेप्से

काठमाडौँ । आज (बुधबार) सेयर बजार खुल्दा नेप्से परिसूचक २०३० अङ्कमा थियो । क्रमिक रुपमा बजार ओरालो लाग्दै साढे १२ बजे १९९५ अङ्कसम्म झर्‍यो । पौने १ बजेपछि भने नेप्से उकालो लाग्यो । अन्तत: बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा १३.३३ अङ्कले बढेर नेप्से २०४३ अङ्कमा कायम भयो । २ अर्ब १७ करोड रुपैयाँको सेयर […]

सम्बन्धित सामग्री

चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से

काठमाडौँ- यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो हप्ता चार दिनमा कूल पाँच अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ रूपैयाँ बराबरको कारोबार भएको छ […]

घटेको बजारमा क्रेता सक्रिय भएसँगै अन्तिम समयमा बढ्यो नेप्से, ९.२५ अंकको वृद्धि

काठमाडौं । बुधवार उतारचढाव देखिएको नेप्से परिसूचक ९ दशमलव २५ अंक अर्थात् शून्य दशमलव ४४ प्रतिशत बढेको छ । घटेको बजारमा दिनको कारोबार सकिनुअघि क्रेता सक्रिय भएपछि परिसूचक बढेको हो । बुधवार परिसूचक २ हजार ८६ दशमलव ८४ विन्दुमा पुगेको हो । यस दिन नेप्से परिसूचक न्यून विन्दु २ हजार ६२ सम्म झरेको थियो । मौद्रिक नीति सार्वजनिक भएपछि लगातार पाँच दिन (गत आइतवार)सम्म घटेकाे बजार सोमवार ५ अंक बढेको थियो । गत मंगलवार भने नेप्से परिसूचक २८ अंक घटेको थियो ।   बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४३ प्रतिशत वृद्धि भएको छ ।  २६९ धितोपत्रको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर ३५ हजार ८३५ पटकमा रू. १ अर्ब ८१ करोड बरावरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आरविवि म्युचुअल फण्डको इकाई मूल्य सबैभन्दा बढी ४ दशमलव १४ प्रतिशत वृद्धि भएको छ । यससँगै फण्डको इकाई मूल्य रू. ७ दशमलव ८० पुगेको हो । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४ दशमलव ०३ प्रतिशत बढेर रू. ५६८ पुगेको छ ।  बुधवार प्रभु स्मार्ट फण्डको इकाई मूल्यमा नेगेटिभ सर्किट लागेको छ । फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै फण्डको इकाई मूल्य रू. ८ दशमलव ३७ मा झरेको छ । त्यस्तै एनआईबिएल समृद्धि फण्ड २ को इकाई मूल्य ४ दशमलव ५८ प्रतिशत घटेर रू. ७ दशमलव ३० कायम भएको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ११ करोड १९ लाख बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५९६ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रहेको सानिमा बैंकको प्रमोटर शेयरको रू. ८ करोड ९० लाख बराबरको कारोबार भएको छ ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव २४ प्रतिशत, लघुवित्त समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ०६ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी वित्त समूहको परिसूचक छ । उक्त समूहको परिसूचक १ दशमलव ६९ प्रतिशत बढेको छ ।

उतारचढावबीच १७.२४ अंकले बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार

१७ पुस, काठमाडौं । कारोबार अवधिभर तीव्र उतारचढाव देखिएको सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सुरुवाती समयमा उच्च वृद्धि भएपनि त्यसपछि लगातार उतारचढाव देखिएको नेप्से १७.२४ अंक (०.८५ प्रतिशत) ले वृद्धि भएर २०४६.२६ अंकमा बन्द भएको हो । नेप्सेमा तीव्र उतारचढाव देखिँदा कारोबार रकम पनि […]

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । सेयर बजार दोहोरो अङ्कले बढेको छ । बिहीबार दिनभर उतारचढाव देखिएको बजार १४.७१ अङ्क (०.७४ प्रतिशत) ले बढेर २००१.५३ बिन्दुमा रोकिएको छ । गत शुक्रबार दुई हजार अङ्कबाट तल झरेको नेप्से बिहीबार पुनः २ हजार माथि पुगेको हो । नेप्सेसँगै होटेल र निर्जीवन बिमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक […]

६०.४१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ।अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो। पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतारचढाव आउन थालेको छ।आज ठूला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेको छ।कारोबारमा आएका २४० कम्पनीको ७१ लाख ६० हजार ९८३

३२ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से ३२ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २५४६ अङ्कमा पुगेको छ । सोमबारको बजारमा उच्च उतारचढाव देखिएको छ । कारोबार खुलेको एक घण्टामै मध्यान्ह १२ बजे ७२ अङ्कसम्म झरेको बजारमा त्यसपछि क्रमिक सुधार देखिएको हो । कारोबार रकममा पनि सुधार आएको छ । दिनभर ४ […]

१५० अंकभन्दा माथिले उतारचढाव भएर १३ अकंले बढ्यो नेप्से

काठमाडौं । पछिल्लो केही दिनयता लगातार घट्दो क्रममा देखिएको सेयर बजारमा आज सामान्य हरियो देखिएको छ । गएको भदौ ३ गतेसम्म लगातार बढेर ३२०० अंकको विन्दु कायम गरेको नेप्सेमा भदौ ४ गतेबाट भने घट्न सुरु भएको थियो । पछिल्लो १९ कारोबार दिनमा नै ५०० अंकभन्दा बढीको गिरावट भएको सेयर बजार परिसूचक...

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

७ वैशाख, काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक झिनाे अंकले वृद्धि भएकाे छ । दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा भने ०.१० प्रतिशत अर्थात २ दशमलव ६८ अंकले मात्रै नेप्से …