पाकिस्तानद्वारा नेपाललाई करिब २ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : पाकिस्तानले नेपाललाई करिब २ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोभिड-१९ विरुद्धको लडाइँमा सहयोग हुने हिसावले पाकिस्तानले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको हो। पाकिस्तानको सार्क राष्ट्रहरुको लागि ‘कोभिड-१९ आपतकालिन सहायता कार्यक्रम’ अन्तर्गत सो सहयोग गरिएको काठमाडौंस्थित पाकिस्तानी दूतावासले जानकारी दिएको छ। जसअन्तर्गत पाकिस्तानले नेपाललाई १ करोड ९०…

सम्बन्धित सामग्री

चीन सरकारले प्रदान गरेका स्वास्थ्य सामग्री पोखरा महानगरलाई हस्तान्तरण

भदौ १७, कास्की । मित्रराष्ट्र चीनका विभिन्न शहरहरुले पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । पोखरासँग भगिनी सम्बन्ध भएका कुनमिङ, क्वाङचाओे, लिन्जी र गार्जे सहरले पोखरालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।  बिहीवार आयोजित एक कार्यक्रमबीच चीनबाट स्वास्थ्य सामग्री ल्याउन समन्वय गरेका नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ति सामग्री हस्तान्तरण गरेका छन् । अध्यक्ष पालिखेले मित्रराष्ट्र चीनका विभिन्न शहरबाट पोखरा महानरलाई करीब २ करोड बराबरका सामग्री प्रदान गरेको बताए । अध्यक्ष पालिखेका अनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि २ ओटा भेण्टिलेटर, १५ ओटा अक्सिजन कन्सन्टेटर मेसिन, ५० ओटा अक्सिजन सिलिण्डर, ३०० ओटा अक्सिमिटर, ८ हजार आरटी पीसीआर किट, ५०० ओटा पीपीई र मास्क हस्तान्तरण गरिएको हो ।  अध्यक्ष पालिखेले दाताहरुले दिएको सामग्री लिन आफूहरु रसुवागढी सिमानासम्म पुगेको जानकारी दिँदै प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुको सहि सदुपयोग हुने विश्वास व्यक्त गरे । सामाग्री ग्रहणपछि बोल्दै पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले दाताहरुबाट प्राप्त भएका स्वास्थ्य सामाग्रीको सदुपयोग हुने प्रतिवद्धता जनाइन् । उनले महानगरको स्वास्थ्य महाशाखामार्फत सेवाग्राहीहरुको सेवामा ती सामग्री प्रयोग गरिने बताइन् । पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले दैनिक प्रयोगमा आइरहने उपकरणहरु मध्ये भेण्टिलेटरको आवश्यकता बढ्दै गएको बताउँदै दाताबाट उपलब्ध गराएको भेण्टिलेटरले थप सहयोग पुग्ने विश्वास व्याक्त गरे ।

अमिताभ बच्चनद्धारा हाईटेक भेन्टिलेटरसहित १ करोड ७५ लाखको स्वास्थ्य सामग्री सहयोग

एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चनले कोरोना महामारीविरुद्ध लड्न मुम्बईको एक अस्पताललाई हाईटेक भेन्टिलेटरसहित अन्य मेडिकल उपकरणहरु सहयोग गरेका छन्। एक रिर्पोटका अनुसार बच्चनले भेन्टिलेटर तथा १ करोड ७५ करोड भारु बराबरका उपकरण सहयोग गरेका हुन्। भारतमा कोरोनाको पहिलो लहरदेखि नै सहयोगमा आएका महानायक बच्चनले गत महिना पनि दिल्लीको एक कोभिड केयर सेन्टरलाई २ करोड भारु सहयोग गरेका थिए।

अमिताभ बच्चनद्धारा हाईटेक भेन्टिलेटरसहित १ करोड ७५ लाखको स्वास्थ्य सामग्री सहयोग

एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चनले कोरोना महामारीविरुद्ध लड्न मुम्बईको एक अस्पताललाई हाईटेक भेन्टिलेटरसहित अन्य मेडिकल उपकरणहरु सहयोग गरेका छन्। एक रिर्पोटका अनुसार बच्चनले भेन्टिलेटर तथा १ करोड ७५ करोड भारु बराबरका उपकरण सहयोग गरेका हुन्। भारतमा कोरोनाको पहिलो लहरदेखि नै सहयोगमा आएका महानायक बच्चनले गत महिना पनि दिल्लीको एक कोभिड केयर सेन्टरलाई २ करोड भारु सहयोग गरेका थिए।

दक्षिण कोरियाली सरकारद्वारा २ करोड ३३ लाख बराबरको सहयोग हस्तान्तरण

दक्षिण कोरियाली सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरियाली सरकाले आरटी पीसीआर परीक्षण किट (पूर्ण सेट) २ करोड ३३ लाख रुपैयाँ(२ लाख अमेरिकी डलर) बराबरको सहयोग हस्तान्तरण गरेको हो ।गणतन्त्र कोरियाली सरकारले हालको कोरोना महामारी नियन्त्रणमा सहयोग पु¥याउनका लागि अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइका मार्फत २ करोड ३३ लाख रुपैयाँ बराबारको पूर्ण क्षमताको […]