चीन सरकारले प्रदान गरेका स्वास्थ्य सामग्री पोखरा महानगरलाई हस्तान्तरण

भदौ १७, कास्की । मित्रराष्ट्र चीनका विभिन्न शहरहरुले पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । पोखरासँग भगिनी सम्बन्ध भएका कुनमिङ, क्वाङचाओे, लिन्जी र गार्जे सहरले पोखरालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।  बिहीवार आयोजित एक कार्यक्रमबीच चीनबाट स्वास्थ्य सामग्री ल्याउन समन्वय गरेका नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ति सामग्री हस्तान्तरण गरेका छन् । अध्यक्ष पालिखेले मित्रराष्ट्र चीनका विभिन्न शहरबाट पोखरा महानरलाई करीब २ करोड बराबरका सामग्री प्रदान गरेको बताए । अध्यक्ष पालिखेका अनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि २ ओटा भेण्टिलेटर, १५ ओटा अक्सिजन कन्सन्टेटर मेसिन, ५० ओटा अक्सिजन सिलिण्डर, ३०० ओटा अक्सिमिटर, ८ हजार आरटी पीसीआर किट, ५०० ओटा पीपीई र मास्क हस्तान्तरण गरिएको हो ।  अध्यक्ष पालिखेले दाताहरुले दिएको सामग्री लिन आफूहरु रसुवागढी सिमानासम्म पुगेको जानकारी दिँदै प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुको सहि सदुपयोग हुने विश्वास व्यक्त गरे । सामाग्री ग्रहणपछि बोल्दै पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले दाताहरुबाट प्राप्त भएका स्वास्थ्य सामाग्रीको सदुपयोग हुने प्रतिवद्धता जनाइन् । उनले महानगरको स्वास्थ्य महाशाखामार्फत सेवाग्राहीहरुको सेवामा ती सामग्री प्रयोग गरिने बताइन् । पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले दैनिक प्रयोगमा आइरहने उपकरणहरु मध्ये भेण्टिलेटरको आवश्यकता बढ्दै गएको बताउँदै दाताबाट उपलब्ध गराएको भेण्टिलेटरले थप सहयोग पुग्ने विश्वास व्याक्त गरे । 

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहटको गरुडा नगरपालिकालाई अत्यधिक लाभकारी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

चितवन । भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । महानगरपालिकाले अस्पताललाई रु ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्ण पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा […]

एमालेद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा (एमाले)ले सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले कोभिड-१९ नियन्त्रण र रोकथामको लागि सद्भावस्वरुप पठाएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेको हो।

रेडक्रसद्वारा फ्रन्टलाइनरलाई स्वास्थ्य सामग्री प्रदान

बैतडी : नेपाल रेडक्रस सोसाइटीले जिल्ला विपद् व्यवस्थापन समिति बैतडी, सुरक्षा निकाय र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जनाएको छ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका उपमहासचिव तेजप्रकाश भट्टले बताए। चाइना रेडक्रसको सहयोगमा प्राप्त भएका विभिन्न स्वास्थ्य सामग्री नेपाल

स्विट्जरल्याण्डले पनि नेपाललाई पठायाे स्वास्थ्य सामग्री

काठमाण्डाै -स्विट्जरल्याण्डले पठाएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण भएको छ । स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले कोभिड-१९ सङ्कटसँग लड्न ४० वटा भेन्टिलेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन किट्स लगायत स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै स्वीस राजदूत एलिजाबेथले कोरोना महामारीमा आफूहरु नेपालीकै साथमा रहेको बताउनुभयो ।  नेपालको आग्रहमा स्विट्जरल्याण्डले यी स्वास्थ्य सामग्री सहयोग गरेको नेपालमा रहेको स्वीस राजदूतावासले जनाएको छ ।

अमेरिकाले पठाएको स्वास्थ्य सामग्री आइपुग्दै

काठमाण्डाै - अमेरिकाबाट आज स्वास्थ्य सामग्री नेपाल आउँदैछ । दिउँसो सवा १ बजे अमेरिकाले पठाएको स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ । अमेरिकी सहयोग नियोग यूएसएआइडीमार्फत सर्जिकल मास्क, फेस सिल्ड र मेडिकल पञ्जासहितका सामग्री स्वास्थ्य सामग्री नेपाल आउन लागेको हो । अमेरिकाले कोरोना भाइरसविरुद्धको लडाइँका लागि यो आपतकालीन सहयोग भएको जनाएको छ । पछिल्लो  तीन हप्तामा अमेरिकाले डेढ करोड डलरभन्दा बढीका स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको अमेरिकाले जनाएको छ। अ...

चेम्बरद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  चेम्बरले आज विभिन्न अस्पतालका प्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । चेम्बरका अध्यक्ष

आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री

बैतडीको दशरथचन्द नगरपालिकाका वडाले सञ्चालन गरेका आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।...

दैलेखमा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।...