गुल्मीमा भेटेरिनरी अस्पताल

गुल्मी, (नेस) । लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले गुल्मीमा सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालयको उद्घाटन गर्नुभएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशअन्तर्गत सो कार्यालय रहनेछ । कार्यालयको उद्घाटन गर्दै मन्त्री रायमाझीले कृषक र पशुपालकको चाहनाअनुरुप आफूहरुले कार्यक्रम अगाडि बढाउने बताउनुभएको […]

सम्बन्धित सामग्री

आम्दानी बढाउन बाख्रा पालन

गुल्मीमा कृषकको आम्दानीमा वृद्धि ल्याउनका लागि बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको छ। बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पशुपालन व्यवसायतर्फ बाख्रा पालनको प्रवर्द्धन र व्यावसायिक उत्पादन गरी कृषकको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको हो।

गुल्मीमा घरपालुवा र सामुदायिक ८६ कुकुरको बन्ध्याकरण

गुल्मीको रेसुंगा नगरभित्रका ८६ कुकुरको बन्ध्याकरण गरिएको छ। जिल्लामा रेविज रोगको जोखिम बढ्दै गएपछि  छाडा रूपमा रहेका ३७ सामुदायिक र घरपालुवा ५० कुकुरको बन्ध्याकरण गरिएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा...

गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न गोठमै उपचार

गुल्मीमा गाई–भैसीमा देखापर्ने बाँझोपन न्यूनीकरण गर्न कृषकको गोठमै उपचार सेवा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले २३ वटा गाई र ३१ वटा भैसी गरी कुल ५४ गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न किसानको गोठमै गएर सेवा प्रदान गरेको छ ।

लम्पी स्किनले गुल्मीमा १५० गाई गोरु मरे, पाँच हजार संक्रमित

गुल्मी : पछिल्लो समय लम्पी स्किन रोगको संक्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरेका छन्। जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको संक्रमणका कारण जिल्लामा १५० गाइगोरु मरेको  र करिब पाँच हजार पशुमा संक्रमण भएको भेटेरिनरी  अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए ।पशुमा पहिले उच्च ज्वरो आउने, कल्चौडादेखि शरीरका विभिन्न भागमा गिर्खा आउने र पाक्ने जस्ता लक्षण देखा पर्ने गरेको उनले बताए। यो रोग विशेष गरी गाइगोरुमा देखा परेको र भैँसीमा बिरलै भएको का

गुल्मीकाे रेसुङ्गामा धेरैजसाे मासु पसल आवश्यक मापदण्ड विपरीत सञ्चालन

गुल्मी – गुल्मीमा धेरैजसाे मासु पसल आवश्यक मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिनसम्म गरिएको मासु पसलको छड्के निरीक्षण अनुगमनकाे क्रममा त्यस्तो तथ्य फेला परेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको संयोजकत्वमा रेसुङ्गा नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ मा दुई दर्जनभन्दा बढी मासु पसलको स्थलगत अनुगमन गरिएको थियो । अनुगमनको क्रममा धेरैजसाे मासु पसल पालिका र सरकारी निकायहरूमा आधिकारिक दर्ता र नियमित नवीकरण नभएको भेटिएको छ । त्यसैगरी स्थलगत...

पशुको भिडियो एक्स–रे सेवा सुरु

गुल्मीमा पहिलो पटक पशुको भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले यो सेवा सुरु गरेको हो । केन्द्रले पशुको भिडियो एक्स–रे सेवा सुरु गर्दा स्थानीय कृषकहरु निकै खुसी भएका छन् ।