गुल्मीमा कृषकको आम्दानीमा वृद्धि ल्याउनका लागि बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको छ। बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पशुपालन व्यवसायतर्फ बाख्रा पालनको प्रवर्द्धन र व्यावसायिक उत्पादन गरी कृषकको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको हो।