लम्पी स्किनले गुल्मीमा १५० गाई गोरु मरे, पाँच हजार संक्रमित

गुल्मी : पछिल्लो समय लम्पी स्किन रोगको संक्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरेका छन्। जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको संक्रमणका कारण जिल्लामा १५० गाइगोरु मरेको  र करिब पाँच हजार पशुमा संक्रमण भएको भेटेरिनरी  अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए ।पशुमा पहिले उच्च ज्वरो आउने, कल्चौडादेखि शरीरका विभिन्न भागमा गिर्खा आउने र पाक्ने जस्ता लक्षण देखा पर्ने गरेको उनले बताए। यो रोग विशेष गरी गाइगोरुमा देखा परेको र भैँसीमा बिरलै भएको का