२० हजार नगद र १० हजारकाे उपहार पाउने लाेभमा आफ्नै बहिनीसँग विवाह !

नयाँ दिल्ली । एउटा अनौठो र अप्रत्यासित घटनामा उत्तर प्रदेशका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट पैसासहित अन्य सुविधा पाउन फिरोजबादका एक व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको हाे । सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई राज्य सरकारले ३५ हजार रकम र घरपरिवारका अन्य उपहार प्रदान […] The post २० हजार नगद र १० हजारकाे उपहार पाउने लाेभमा आफ्नै बहिनीसँग विवाह ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

चीनमा घट्दो जनसङ्ख्याको प्रभाव : अविवाहितको बिहे गराइदिए लमीलाई नगद पुरस्कार !

बेइजिङ- लैङ्गिक असमानता बढ्दै जाँदा चीनका स्थानीय तहहरुले अविवाहितको विवाह गराउने नयाँ नयाँ जुक्ति निकाल्न थालेका छन् । चीनका विभिन्न प्रान्तका स्थानीय तहले विवाह गराएबापत लमीहरुलाई प्रोत्साहनस्वरुप पैसा एवम् अन्य सुविधा दिनेजस्ता कार्यक्रम अघि सारेका छन् । चीनको शाङ्क्शी र गुआङडोङजस्ता प्रान्तका स्थानीय सरकारले ३० देखि ४५ वर्षका अविवाहितको विवाह गराइदिने लमीलाई ६ सयदेखि १ […]

अन्तरजातीय विवाह गर्ने सात जोडी एक लाख पुरस्कारसहित सम्मानित

काठमाडौं, २३ चैत्र । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने सात जोडीलाई सम्मान गरेको छ । महानगरले हिजो (बिहीबार) एक कार्यक्रमकाबीच महानगरभित्र दलित र गैरदलितबीचको बिवाह गर्ने जोडीलाई सम्मानसहित एक लाख रुपैया पुरस्कार र सम्मान पत्र प्रदान गरेको हो । जातीय विभेद हटाउने उद्देश्यका साथ अन्तरजातीय विवाह गर्ने सात जोडीलाई नगद १ लाख पुरस्कार र सम्मानपत्रसहित […]

मरिण गाउँपालिकाले स्नातक तह उतीर्ण गर्ने छात्रालाई जनही एकलाख नगद दिने

छात्राहरुलाई पढाइमा उत्प्रेरणा दिन विवाह गर्नु अगावै स्नातक तह(ब्याजलर) उतीर्ण गर्नेलाई जनही नगद एक लाख दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिए।...

अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर–१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर–२ का बद्री बोहरा र सिर्जना विश्वकर्माको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो । कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख पार्वती शाह

अन्तरजातीय विवाह गर्ने तीन जोडी एक-एक लाखले सम्मानित

चितवन : भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ। महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो।सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर–१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर–२ का बद्री बोहरा र सिर्जना विश्वकर्माको जोडी रहेको छ। उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो। कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख पार्व

विवाह मण्डपमा बेहुलासँग परिक्रमा गरेपछि सुनचाँदी बोकेर बेहुली अर्कैसँग टाप !

विवाह भएकै दिन बेहुली सुनचाँदी बोकेर अर्कैसँग टाप भएको घटना सामान्यतया सुनिँदैन । तर भारतको मध्य प्रदेशस्थित जबलपुरमा यस्तै घटना भएको छ । छिंदवाडा निवासी दशरथ पटेलसँग विवाह गर्दै संगीता अहिरवार ‘रेणु’ले मण्डपमा ७ पल्ट परिक्रमा गरिन् । अदालत परिसरमा भएको धार्मिक कार्यपछि बेहुला–बेहुली विवाह दर्ताका लागि अदालततिर लागे । तर बेहुली रेणु अकस्मात मोटरसाइकलबाट ओर्लिइन् र अर्कै मोटरसाइकलमा चढेर टाप कसिन् । विवाह गर्दा लगाएको सुनचाँदी र नगद पैसा बोकेर रेणु प्रेमीसँग फरार भएकी भारतीय सञ्चारमाध्यमले जन...

अन्तरजातिय विवाह गर्नेलाई नगद सहित सम्मान

सिन्धुपाल्चोक । दलित भएकै कारण घरपेटीले कोठाबाटै निकालिएको खबरले चर्चा पाइरहदा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले भने अन्तरजातिय विवाह गर्नेलाई संस्थागत रुपमा नै सम्मानको सुरुवात गरेको छ । समाजमा हुने जातिय विभेदलाई अन्त्य गर्ने र गैह्र दलितहरु बिच सम्बन्ध स्थापित गर्ने उदेश्यले नगरपालिकाले पहिलो पटक अन्तरजातिय विवाह गर्ने जोडिलाई प्रोत्साहन स्वरुप नगद ५÷५ हजार दिएर […] The post अन्तरजातिय विवाह गर्नेलाई नगद सहित सम्मान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ । अन्तरजातीय विवाह गरेका चौतारा साँगाचोकगढी नगरपालिका–९ का युनिक विक पोखरेल र राधिका गिरी, वडा नं. ५ का कृष्ण विक र शर्मिला नेपालीलाई नगद पाँच/पाँच हजारसहित नगरप्रमुख अमानसिं तामाङले सम्मान गरेका हुन् नगरस्तरीय दलित समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा दलित समुदायबाट […]

चश्मा नलगाइकन पत्रिका पढ्न नसक्ने दुलाहासँग विवाह गर्न मानिनन् दुलहीले

भारतको उत्तर प्रदेशमा रहेको औरैयामा विवाह समारोह चल्दै गर्दा अनौठो घटना भएको छ । विवाहको मंगलगीत गाइँदै गर्दा दुलाहा जन्ती सहित दुलहीको घर आइपुगेका थिए । दुलाहाले मोटो चश्मा लगाएको देखेपछि दुलही पक्षको सातो गयो । दुलाहाले चश्मा लगाई पत्रिका पढ्न नसक्ने कुरा दुलही पक्षले थाहा पायो ।  अर्चनाको बिहे शिवमसँग पक्का भएको थियो । दाइजोमा मोटरसाइकल र नगद समेत दिइसकिएको थियो । आइतवार जन्ती अर्चनाको घर पुग्दा शिवमले एकछिन पनि चश्मा खोलेनन् ।    शिवमलाई चश्मा खोल्न लगाउँदा उनले चश्माविना केही पनि देख्दि...