चितवन : भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ। महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो।सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर–१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर–२ का बद्री बोहरा र सिर्जना विश्वकर्माको जोडी रहेको छ। उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो। कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख पार्व