काठमाण्डाै – नेकपा एमालेकी सांसद पवित्रा निरौला खरेलले भारत र चीनबाट हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको छ भन्ने विषयबारे संसद्लाई स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ ।
आज शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खरेलले संसद् बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको चर्चा भएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गर्नुभएको हो । उहाँले त्यस सम्बन्धमा प्रधानमन्त्रीले संसद बाहिर कुरा उठाए पनि संसदभित्र जानकारी नगराएको भन्दै...