तत्काल राहत घोषणा गर्न सांसद संग्रौलाको माग

नेपाली काँग्रेस सांसद डा. डिला संग्रौलाले महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन सरकारसँग माग गरेकी छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले कोभिडका कारण घरेलु हिंसा, महिला विरुद्ध हिंसाका घटनाहरु बढेका बताइन् । उनले भनिन् ,‘प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन् । तीमध्ये करिब १० जना भेटिन्छन् । आधाभन्दा बढीचाहिँ हराइरहेका छन्।  त्यसैले नयाँ सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग ग

सम्बन्धित सामग्री

शून्य समयमा सांसदहरूले के भने ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य लक्ष्मीकुमारी चौधरीले गत वर्ष वर्षाका कारण बालीमा नोक्सानी भोगेका किसानलाई सहज रूपमा राहत दिन सरकारसँग माग गरेकी छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा सांसद चौधरीले अघिल्लो वर्ष वर्षाका कारण नोक्सानी भोगेका किसानलाई सरकारले राहत घोषणा गरे पनि सहजै पाउन नसकिएको बताइन्। उनले राहत पाउन झन्झटिलो प्रक्रिया रहेको भन्दै स्थानीय तहबाट सहजै […]

प्रतिनिधिसभा बैठक शुन्य समय : यस्ता छन् सांसदका प्रतिक्रिया

प्रतिनिधिसभा सदस्य लक्ष्मीकुमारी चौधरीले गत वर्ष वर्षाका कारण बालीमा नोक्सानी भोगेका किसानहरुलाई सहजरुपमा राहत दिन सरकारसँग माग गरेकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले अघिल्लो वर्ष वर्षाका कारण नोक्सानी भोगेका किसानलाई सरकारले राहत घोषणा गरेपनि सहजै पाउन नसकिएको बताएकी हुन् ।उनले राहत पाउन झन्झटिलो प्रक्रिया रहेको भन्दै स्थानीय तहबाट सहजै पाउनसक्ने व्यवस्था मिलाउन माग गरिन् । प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारले डेंगुको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनु गराइन् ।

‘किसानले भारतबाट मल ल्याउँदा नसमात्न पुलिसलाई निर्देशन दिइयोस्’

एमाले सांसद बृजेशकुमार गुप्ताले नेपालमा रासायनिक मलको हाहाकार भएको बताउँदै किसानलाई दुःख दिने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गुप्ताले नेपाललाई कृषि प्रधान देश भनेपनि किसानहरुले मल नपाएको र पानी नपरेका कारण किसान आत्महत्या गर्ने स्थिति रहेको बताए । उनले तराईलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर राहत दिन माग गरे । यस्तै सीमापारी भारतबाट मल ल्याउँदा पुलिसले समातेर दुःख दिने गरेका कारण पुलिसलाई मलखाद ल्याउँदा नसमाउन निर्देशन दिन सरकारलाई

मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसदहरुको माग

५ साउन, काठमाडौं । सांसदहरुले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै किसानहरुलाई मलखाद र सिंचाइको सहज सुविधा पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । नेकपा एमालेका सांसद वृजेश कुमार गुप्ताले मलखाद नपाएर समस्यामा परेका किसानहरु अहिले पानी […]

मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउन माग

काठमाडौं । नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले बाढीग्रस्त मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा तामाङले संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउन आग्रह गरे । “मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत र पुनःस्थापनाको प्याकेज छिटो सुरु गरियोस् ।” उनले...

सांसद तामाङको माग, मेलम्ची हेलम्बु क्षेत्र संकटग्रस्त क्षेत्र घोषणा गरियोस्

काठमाडौं।नेकपा एमालेका सांसद शेरबहादुर तामाङले मेलम्ची हेलम्बु क्षेत्रलाई संकटक्षेत्र घोषणा गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले सो क्षेत्रका बाढी पीडितले राहतको नाममा केहि पनि नपाएको उनले बताए। “राहतको नाममा एक गाडा चामल र छतको नाममा एउटा टेन्ट पनि पुगेको छैन । छिटो भन्दा छिटो मेलम्ची हेलम्बु क्षेत्र राहत र पुनःस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गर्छु’, उनले भने।

बाढीपीडितलाई शीघ्र राहत पुर्‍याउन सांसदहरूको माग

सांसदहरुले बाढी र डुबान प्रभावितमा अझै पनि राहत नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारले केन्द्रमा घोषणा गरेको राहत वास्तविक बाढी र डुबान प्रभावितले नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद शेषनाथ अधिकारीले  चितवनमा पनि बाढीले अरबौँ रुपैयाँको क्षति पुर्‍याएको भन्दै विशेष राहतको व्यवस्था…