सांसदहरुले बाढी र डुबान प्रभावितमा अझै पनि राहत नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारले केन्द्रमा घोषणा गरेको राहत वास्तविक बाढी र डुबान प्रभावितले नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद शेषनाथ अधिकारीले चितवनमा पनि बाढीले अरबौँ रुपैयाँको क्षति पुर्याएको भन्दै विशेष राहतको व्यवस्था…