काठमाण्डाै - झण्डै एक हप्ता लगातार परेको पानीले तराई तथा मध्य पहाडमा धानबालीमा क्षति गरेको छ । मुख्यगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आएको बाढी र डुबानबाट धानबालीमा क्षति पुगेको छ । वर्षभरि खाने र घरव्यवहार धान्ने अन्न धान डुबानमा परेपछि किसान चिन्तामा छन् ।
प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानसहित बाढीले अरु बालीमा पनि क्षति गरेको छ । यसले गर्दा खाद्य सुरक्षामा असर पार्ने चिन्ता बढेको छ । अघिल्लो वर्ष पनि असोज अन्तिम हप्ता तथा कात्तिक पहिलो हप्ताकाे बेमौसमी वर्षाले धानबालीमा क्षति गरेको थियो । अह...