झरीले धानबालीमा क्षति, सिन्धुपाल्चोकका किसान मर्कामा

अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दसैंको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण धानबालीमा क्षति पुगेको हो ।लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । किसानले दसैं लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन् । धेरै धान फल्ने फाँटमा लगाएको धान वर्षाले ढलाइदिएको मेलम्च

सम्बन्धित सामग्री

लगातारको वर्षाले पाक्नै लागेको मार्सीधानबालीमा क्षति

जुम्ला– लगातार अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् । जिल्लाभरका किसानको धानबाली, सिमी लगायतका बालीमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए […]

फौजी किराले साढे तीन हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति

सिन्धुली : भित्र्याउने समयमा फौजी किराले धान बालीमा आक्रमण गर्दा सिन्धुलीका किसान मर्कामा परेका छन्। केही महिनाअघि मकै बालीमा फौजी किराले आक्रमण गर्दा निरास भएका किसान धान बालीमा पनि फौजी किराले आक्रमण गरेपछि मर्कामा परेका हुन्।  फौजी किराको संक्रमणबाट जिल्लामा १७ करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको कृषि ज्ञान ...