मोरङ उखुबारी हत्याकाण्ड : पक्राउ परेका थप २ जनाको संलग्नता पुष्टि

मोरङको उखुबारीमा २ जनासहित ३ जनाको हत्या प्रकरणमा पक्राउ परेकामध्ये थप २ जनाको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा यसअघि नै ३ जनाको संलग्नता पुष्टि भइसकेको छ । यससँगै घटनामा जोडिएका ५ जना प्रहरी नियन्त्रणमा परेका छन् । शुक्रवार पक्राउ परेका ५ जनामध्ये २ जना हत्यामा संलग्न रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी दिप श्रेष्ठले बताए । घटनाको अनुसन्धानका क्रममा हालसम्म ८ जना पक्राउ परेका छन् । संलग्नता पुष्टि हुनेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय...