वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षण पश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् ।निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका थिए । निरीक्षणमा वन मन्त्रालयका सचिव डा.पेमन