सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

मंसिर १५, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार सामलिङ्ग पावर र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४६१ दशमलव ४० र न्यादी हाइड्रोपावरको शेयरमूल्य रू.३७५ दशमलव ६० पुगेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।   

सम्बन्धित सामग्री

सामलिङ्ग पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंसिर १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार समालिङ्ग पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५०७ दशमलव ५० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

२६२८.३७ विन्दुमा नेप्से, ३ अर्ब ८ करोड बराबरको शेयर खरीदविक्री

मंसिर १४, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ६४ अंकले घटेको छ ।  नेप्से परिसूचक २ हजार ६२८ दशमलव ३७ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका  २२५ ओटा धितोपत्रको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर ४१ हजार ५८५ पटकमा रू. ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९१ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रहरु मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यो दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र न्यादी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागको छ । सामलिङ पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४१९ दशमलव ५० र न्यादी हाइड्रोपावरको रू. ३४१ दशमलव ५० पुगेको छ ।  त्यसैगरी मंगलवार सबैभन्दा बढी इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ७७ प्रतिशतले घटेको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ६१६ मा झरेको हो । त्यसैगरी दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ८६ प्रतिशत घटेर रू. १ हजार ८६२ दशमलव २० म ाझरेको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री आईसीएफसी फाइनान्सको भएको छ । उक्त कम्पनीको रू. १६ करोड २ लाख ७६ हजार बरावरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८९० कायम भएको छ । दोस्रोमा महालक्ष्मी विकास बैंकको रू. १३ करोड ९९ लाख ११ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३  ओटा समूहमध्ये छ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।  समूहगत परिसूचक बढ्नेमा विकास बैंक समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशत,हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव ३८ प्रतिशत,वित्त समूहको परिसूचक शून्य दशमलव ३६ प्रतिशत,निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशतले घटेको छ । यसैगरी अन्य समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशतले बढेको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३७ प्रतिशत ,ब्यापार समूहको शून्य दशमलव ८१ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव १३ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २२ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ५ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ५२ प्रतिशतले घटेको छ ।  यो दिन बजार २ हजार ६०४ विन्दुमा आएर फर्किएको छ । त्यपछि बजार बढेको थियो । नेप्सेले २ हजार ६०० आसपासको विन्दुमा टेस्ट गरेर फर्किएको छ । यसरी हेर्दा अव बजार बिस्तारै बढ्ने सङकेत देखिन्छ ।