देशव्यापी रुपमा गठबन्धन सफल भइसक्यो : पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ गठबन्धन सफल भएको बताएका छन् । धेरैले गठबन्धन बीचैमा टुट्ने बताए पनि उनले गठबन्धन थप बलियो भएको र चुनावमा एकअर्का दललाई सतप्रतिशत मत ‘ट्रान्सफर’ हुने अवस्था निर्माण भएको बताए । नेताहरुको सत्ता स्वार्थका कारण नभइ आफूहरुले केपी ओलीको निरंशुकता र प्रतिगमनविरुद्ध सैद्धान्तिक गठबन्धन निर्माण गरेको उनको भनाइ थियो । देशव्यापी रुपमा देखिएको जनलहर देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारहरुको विजयको औपचारिक घोषणामात्र बाँकी रहेक

सम्बन्धित सामग्री

स्थानीय निर्वाचनमा गठबन्धन सफल भएको छ, फेरि पनि हुन्छ: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । शान्ति प्रक्रियामा आएपछि अध्यक्ष दाहालले हरेक निर्वाचनमा अलग अलग क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ । २०६४ सालमा काठमाडौं– १० र रोल्पा– २, २०७० मा सिरहा– ५, २०७४ मा चितवन– २ बाट निर्वाचित हुनुभएको थियो […] The post स्थानीय निर्वाचनमा गठबन्धन सफल भएको छ, फेरि पनि हुन्छ: अध्यक्ष दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धन सफल : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।’उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र […]

५ दलीय सत्ता गठबन्धन सफल हुँदै गएको छ : प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ दलीय सत्ता गठबन्धन सफल हुँदै गएको बताउनुभएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारलाई शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा बधाई दिँदै उहाँले गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म सँगै लिएर जानुपर्ने बताउनुभयो । स्थानीय तह निर्वाचनमा गरिएको चुनावी तालमेल […]

स्थानीय तह निर्वाचनमा गठबन्धन सफल : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ ।बिहीवार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुग्नुभएका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका हुन् । उनले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपनि त्यसलाई सच्याउने बताए । मन्त्री पौडेलले गठबन्धनको पक्षमा उल्लेख्य जनमत प्रकट भएको […]

बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल

बागलुङ । स्थानीय तह निर्वाचनमा वडा तहसम्म चुनावी एकता गरेका पाँच दलिय गठबन्धन अधिकांस स्थानीय तहमा सफल भएको छ ।जिल्लाको दश वटा स्थानीय तह र ८५ वटा वडा मध्ये अधिकांस पालिका र वडा गठबन्धनका साझा उम्मेदवारले जितेका हुन् । मतगणना सम्पन्न भएका नौ स्थानीय तहमा आठ वटामा गठबन्धन र एक स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी […] The post बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन सफल हुन्छ : भण्डारी

२२ वैशाख, भरतपुर। नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली कांग्रेस सहभागी नभएको कुनै पनि गठबन्धन सफल नभएको भन्दै उनले अहिलेको गठबन्धन सफल हुने दाबी गरेका छन् । बिहीबार पाँच दलीय सत्ता गठबन्धनले चितवनको भरतपुरमा संयुक्तरुपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने, ‘जो-जोले अलिहेसम्म नेपाली कांग्रेससँग गठबन्धन गर्नु भएको छ, त्यो सफल भएका छन् । […]

केही ठाउँमा विरोधका बाबजुद गठबन्धन सफल भयो : कांग्रेस प्रवक्ता महत

काठमाडौं, १८ वैशाख : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताए । उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । […]

चितवनमा गठबन्धन सफल हुन्छ, बागीले चारतारे झन्डा बोक्न मिल्दैनः राजेश्वर खनाल

काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका सातै पालिका र ९८ वडामा गठबन्धन सफल हुने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “संविधान र लोकतन्त्रको रक्षा र प्रतिगमनको पराजयका निम्ति गठबन्धन भएको हो । यसलाई चितवन कांग्रेसले […]

६० प्रतिशत ठाउँमा गठबन्धन सफल भइसक्यो, बाँकीमा हुँदैछ : माओवादी

काठमाडौं : नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन्। सोमबार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन्।उनले गठबन्धन अझ अगाडि बढ्दै जाने पनि बताए। उनले आज बिहानसम्ममा गठबन्धन ६० प्रतिशत ठाउँमा सफल भएको र बाँकी ठाउँमा पनि बेलुकी सम्ममा कुरा मिल्ने बताए।प्रवक्ता महराले नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले