पत्रकार महासंघले बनायो १० बेडको आइसोलेसन

२३ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारको उपचारका लागि १० बेड क्षमताको आइसोलेन कक्ष तयार गरेको छ । कोरोना संक्रमित भई अस्पतालमा उपचार पाउन नसकेका पत्रकारका लागि महासंघले केन्द्रीय कार्यालयसँगै रहेको पत्रकार आवास गृहलाई आइसोलेसन कक्ष बनाएको हो । महासंघका महासचिव रोसन पुरीका अनुसार सबै १० बेडमा अक्सिजनको व्यवस्थासमेत हुनेछ । बिहीबारसम्म […]

सम्बन्धित सामग्री

पत्रकार महासंघले बनायो अक्सिजनसहित १० बेडको आइसोलेसन कक्ष

नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारलाई लक्षित गर्दै आइसोलेसन वार्ड बनाएको छ । केन्द्रीय कार्यालय सञ्चारग्राम स्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष स्थापना गरेको हो ।  कोरोना संक्रमित पत्रकारहरुलाई लक्षित गरेर बनाइएको अक्सिजन सहित दश बेडको आइसोलेसन कक्षको अध्यक्ष विपुल पोखरेल लगायतले अवलोकन गरेका छन् । महासंघले वैशाख १८ गते कोभिड संक्रमित पत्रकारलाई ध्यान दिँदै केन्द्रीय कार्यालय सञ्चार ग्रामस्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष बनाउने निर्णय गरेको महासचिव रोसन पुरीले जानकारी गराएका छन्...