हामी बसेको विश्वको दुई तिहाईभन्दा बढि भाग पानीले ढाकिएको छ । तर, पनि यही विश्वमा बस्ने दुई तिहाइभन्दा बढि मानिस पर्याप्त सफा र स्वच्छ पिउने पानीबाट बञ्चित रहेका छन् । किनभने, महासागर र सागरहरुमा रहेको ९७ प्रतिशत पानी नुनिलो र पिउन लायक छैन । केवल ३ प्रतिशत पानी मात्र विश्वमा पिउन हुने खालको छ । त्यसमध्ये पनि २ प्रतिशत हिउँ र हिमनदीको रुपमा रहेको छ । वास्तवमा एक प्रतिशत पानी मात्र स्वच्छ, सफा र उपयोगमा आइरहेको छ ।पानी विना मान्छे बाँच्न सक्दैन । बिजुली निकाल्ने अनेकौं विकल्पहरु छन् । जलविद्युत, स