काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले शुक्रबार चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकरप्रसाद कुसवाहाविरुद्ध मुद्दा दर्ता गरेको हो । आयोगले चक्रघट्टा गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा वहिदको जग्गादेखि ढङ्ग्रा […]