रौतहटमा ठेकेदार कम्पनीले सडक निर्माणमा मनोमानी र लापरबाही गरेको पाइएको छ । ठेकेदारहरूले सडक निर्माणमा जथाभाबी गर्दा सर्वसाधारण भने समस्यामा परेका छन् ।
झापाको दमकबाट इलामको चिसापानी हुँदै पाँचथरको रवि जोड्ने फाल्गुनन्द सडक निर्माणमा भएको लापरबाही तथा ढिलासुस्तीको विषयमा सम्बन्धित सरोकारवाला निकायबिच छलफल भएको छ । बजेट पर्याप्त हुँदासमेत निर्माण व्यवसायीको तर्फबाट काममा ढिलासुस्ती भएको छ ।
भादगाउँ– भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा सडक ठाउँठाउँमा भत्किन थालेको हो । सडक निर्माण सम्पन्न भएका केही स्थानमा निर्माण व्यवसायी, आयोजना, स्थानीय उद्योग, जग्गा प्लटिङ व्यवसायी र स्थानीयवासीले लापरबाही गर्दा उक्त सडक […]
सडक डिभिजन कार्यालय नेपालगन्जअन्तर्गत बाँकेको नेपालगन्ज–खजुरा–गुलरिया सडक निर्माण अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने एक हजार ८ सय मिटर लम्बाइको सडक निर्माणमा लापरबाही गरी निर्माण कार्य अलपत्र पारेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । २०७४ चैत्र २९ मा सम्झौता गरी निर्माण कार्य सुरु भएको उक्त […]
नेपाल कम्युनिस्ट पार्टी दाङले लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए । विज्ञप्तिमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने चेतावनी दिएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘लमही–घोराही–तुलसीपुर फोर लाइन सडक निर्माणमा भइरहेक
दाङ- नेपाल कम्युनिस्ट पार्टी दाङले लमही-घोराही-तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही-घोराही-तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए । विज्ञप्तिमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने […]
सरकारी तथ्यांक केलाउँदा अपवादबाहेक प्रत्येक वर्ष सडक निर्माणले गति लिएको देखिन्छ । देश संघीयतामा गएपछि त झन् विकास भनेको नै सडक नै हो भने जसरी तहगत सरकारहरू सडक विस्तारमा एकोहोरिएको भान हुन्छ । कतिपय योजनामा त दाहोरो तेहोरो खर्च भएको छ । यस्ता सडकको मापदण्ड र गुणस्तरमा कत्ति पनि ध्यान दिइएको हुँदैन ।
भौगर्भिक अवस्थाको अध्ययनविनै सडक बनाउँदा भासिने, भत्किने, पहिरो जानेजस्ता समस्या आउने गरेका छन् । पहिरोको उच्च जोखिम भएका क्षेत्रबाट सडक नलैजाने हो भने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
गुणस्तरहीन सकड संरचना बनाउने प्रवृत्तिले भ्रष्टाचारमात्र मौलाएको छैन, यस्ता सडक दुर्घटनाका कारण बनेका छन् । कमसल सडकले हुने दुर्घटनामा कैयौंको ज्यान गएको छ । गाउँगाउँमा पहरा खोतल्दै मौलाएको डोजरे विकासले दुर्घटना र बाढीपहिरोजस्ता विपद् निम्त्याएको छ । सडकको गुणस्तर कायम नहुँदा भोग्नु परेको क्षतिका बारेमा अहिलेसम्म तथ्यरपरक तरीकाले मन्थनसमेत सुनिएको छैन । कुनै दुर्घटना भए अनुसन्धानका टोली खटाइन्छन् । त्यस्ता अध्ययनले चालकको लापरबाही वा तीव्र गतिलाई कारण देखाउँछन् । सडकको दुरवस्था र असुरक्षा त्यस्ता अध्ययनको आँखाको परेको जानकारी छैन ।
आर्थिक सर्वेक्षण २०७७/७८ का अनुसार २०७७ फागुनसम्ममा मुलुकभरि राणनीतिक र स्थानीय सडक सञ्जाल गरी १५ हजार ९७४ किलोमीटर कालोपत्र, ८ हजार ५८२ किलोमीटर ग्राभेल र ८९७३ किलोमीटर कच्ची सडक गरी कुल ३३ हजार ५२८ किलोमीटर सडक निर्माण भइसकेको छ । २०७७ असारसम्ममा यो आँकडा ३३ हजार २४४ किलोमीटर थियो । प्रदेश र स्थानीय सरकारबाट कालोपत्र ४ हजार २७४ किलोमीटर, ग्राभेल १३ हजार ३९७ किलोमीटर र धूले/कच्ची सडक ४५ हजार ९०६ किलोमीटर गरी कुल ६३ हजार ५७७ किलोमीटर सडक तयार भएको तथ्यांक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसित छ ।
अहिले प्रदेश र स्थानीय सरकार मातहतमा त सडक विस्तारको होडजस्तै छ । तराईमा सडक ढलान र पहाडतिर भीर खनेर बाटो निकाल्ने प्रतिस्पर्धा देखिएको छ । सडक विस्तार विकासको आधार हो भन्नेमा विवाद छैन । सडक पुगेको ठाउँमा विकासका अवसरहरू पनि सँगै पुग्छन् । तर, सडकलाई कसरी सुरक्षित बनाउने र त्यसलाई कसरी स्थानीयको आर्थिक स्तरोन्नतिको आधार बनाउने भन्ने विषयलाई विकास रणनीतिले समेट्न सकेको भान हुँदैन । सडकलाई कसरी सुरक्षित बनाउनेभन्दा पनि सडक सञ्जालको लम्बाइ तन्काउँदा राजनीतिक चर्चा र लाभ उठाउन सकिने भएपछि राजनीति गर्नेहरूको रुचि यस्तै योजनातिर बढी लम्किएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्वका साथ पहिले दैनिक १ किलोमीटर सडक कालोपत्र नहुनेमा आफू प्रधानमन्त्री भएपछि दिनहुँ साढे ६ किलोमीटर सडक बनेको तथ्यांक सुनाउनुहुन्थ्यो । सडकको सुरक्षा र गुणस्तर भने सरकारको प्राथमिकतामा कहिल्यै पर्न सकेन । सडक र जनताको सुरक्षा योजनाहरूको प्राथमिकताको विषय बन्न सकेको छैन । प्रदेश र स्थानीय सरकारहरू गुणस्तरीय सडकभन्दा कच्ची सडकको विस्तारमा बढी एकोहोरिएको तथ्य त माथि उल्लिखित तथ्यांकले देखाइसकेको छ । खोलाका किनार र पहाडको फेद खनेर तयार पारिएका सडक संरचना सडकजन्य असुरक्षाको वाहक बनेका छन् ।
नेपाल सडक मापदण्ड २०७० ले सडकको वर्गीकरण गरेको छ । राष्ट्रिय राजमार्ग, सम्पर्क सडक, जिल्ला सडक र शहरी सडक भनी वर्गीकरण गरिएको छ । वर्गीकरणमात्र होइन, यिनीहरूको गुणस्तरको मापदण्ड पनि तोकिएको छ । सडक निर्माणका क्रममा न्यूनतम् मापदण्डलाई समेत ख्याल गरिएको पाइँदैन । जथाभावी गुणस्तरहीन निर्माणका कारण ठेकेदार, कर्मचारीदेखि राजनीतिक अगुवा र पछुवाहरू मोटाउने काम त पर्याप्तै भएको छ । यसको परिणाम जनताले सास्ती र कतिपय अवस्थामा ज्यानै दिएर भोग्नु परेका उदाहरणहरूको कमी छैन ।
अहिले वर्षाको समय छ । चारैतिर सडक अवरुद्ध, पहिरोका समाचार सञ्चारमाध्यममा आएका छन् । गुणस्तरहीन सडककै कारण वर्षायाम लागेदेखि नै देशका विभिन्न भेगका सडकहरू पटकपटक अवरुद्ध हुनु समान्यजस्तै लाग्न थालेको छ । मुख्य राजमार्गहरू याममा बाढी पहिरोबाट घण्टौं अवरुद्ध हुने क्रम बढ्दै गएको छ । सरकारले पछिल्लो समयमा कालोपत्र सडकको तथ्यांक तन्काउँदै लागेको छ । विगत ५ वर्षको सडक विस्तारको तथ्यांक केलाउने हो भने यो वर्षेनि बढिरहेको देखिन्छ । कोरोना महामारीका कारण आएको गतिरोधलाई पन्छाउने हो भने पनि प्रत्येक वर्ष सडक विस्तारको परिमाण उकालो लागेको देखिन्छ । सँगै सडक सुरक्षासम्बद्ध समस्या बढ्दै गएको छ ।
अन्तरराष्ट्रिय अभ्यासअनुसार राजमार्गलाई ७ देखि १० वर्षमा पुनर्निर्माण गर्नुपर्छ । हामीकहाँ राजमार्गमा खाल्डा टाल्ने कामसमेत राम्ररी हुन सकेको छैन । यसका लागि हरेक वर्ष ठूलो बजेट खर्च हुन्छ । तर, गतिलो टालटुलसमेत हुँदैन । सवारी दुर्घटनाबाट जोगाउन आवश्यक साइनबोर्ड, संकेत, तारबार नराख्दा सडक असुरक्षित बनेका छन् । कतिपय खण्ड भत्किँदा मर्मत गरिएका त छन्, तर राजमार्गको पुनर्निर्माणमा चासो देखिएको छैन । राजमार्गमा कालोपत्रमाथि कालोपत्र थपिए पनि सुरक्षाका अन्य उपायमा उदासीन देखिएको छ । सडकलाई बाढी र पहिरोले क्षति पु¥याउँछ । यसबाट सडक र यात्रुलाई जोगाउने आवश्यक सतर्कता र संरचना निर्माणलाई आवश्यक ठानिएको छैन । राजमार्गबाट उत्पन्न हुने प्रकोपको जोखिम घटाउने योजनाहरू छैनन् । राजगमार्गका संरचनाहरू बिग्रएर÷भत्किएर कामै नलाग्ने नभएसम्म मर्मत गरिँदैन । यसले असुरक्षामात्र बढाएको छैन, लागतलाई पनि बढाउने काम गरेको छ । नयाँ सडक बनाउने होडमा सडक सुरक्षाका अनिवार्य आवश्यकताहरूमा निरन्तर बेवास्ता हुँदै आएको छ ।
सडकमा भारवहन क्षमताभन्दा बढी तौल बोकेका गाडी कुदाउने काम पनि सडक असुरक्षाको कारण हो । यो प्रवृत्तिमा लगाम जति आवश्यक छ, त्यति नै यस्ता क्षेत्रमा बढी भार भेग्न सक्ने गुणस्तरीय सडक निर्माणको खाँचो छ । ३० टन भारको गाडी गुड्ने सडक कालोपत्र गर्दा प्रतिकिलोमीटर करीब ३० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । तर, हामीकहाँ १५ करोड खर्चमा यस्ता सडक निर्माण हुन्छन् । वीरगञ्ज–पथलैया मार्गलाई व्यापारिक मार्ग भनिएको छ । यो कोरिडोरमा ठूला उद्योगहरू छन् । ती उद्योगले भिœयाउने कच्चा पदार्थ परिमाणमा थोरै, तर तौल बढी हुन्छन् । यस्तो ३० मेट्रिकटनको रट लगाएर हुँदैन । भारतबाट बढी तौल बोकेर आएका गाडीको मालसामान सीमा नाकामा अर्को गाडीमा हाल्न व्यावहारिक हुँदैन । यसले ढुवानीको लागत बढी हुन्छ । कतिपय वस्तु त टुक्र्याउज नमिल्ने प्रकृतिका पनि हुन्छन् । यसअर्थमा सडक मापदण्ड आवश्यकताका आधारमा फरक हुनुपर्छ ।
नेपालको चुरे र महाभारत पर्वत क्षेत्रमा सडकका ट्र्याक खोलिएका छन् । यो भूबनोट अत्यन्तै संवेदनशील मानिन्छ । यसमा आउन सक्ने सम्भावित समस्याप्रति कत्ति पनि सतर्कता देखिएको छैन । भौगर्भिक अवस्थाको अध्ययनविनै सडक बनाउँदा भासिने, भत्किने, पहिरो जानेजस्ता समस्या आउने गरेका छन् । पहिरोको उच्च जोखिम भएका क्षेत्रबाट सकड नलैजाने हो भने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । तर, यहाँ त भौगर्भिक जोखिमभन्दा पनि राजनीतिक लाभ र जोखिमलाई ध्यानमा राखेर सडक घुमाउने प्रवृत्ति छ । नेपालको बीपी राजमार्ग सडक सुरक्षालाई ध्यानमा राखिएको राजमार्गको उदाहरण हो ।
सडक सुरक्षाका लागि यस्ता र अन्य देशका सफल अभ्यासलाई सिको गर्न सकिन्छ । पहिरो खस्ने सडकमा रोकथामका संरचना बनाउनुपर्छ । यस्ता सडकमा स्थानीयस्तरमै पाइने बाँस, बाबियोजस्ता घाँस रोपेर पनि रोकथाम गर्न सकिन्छ । पहिरो जोखिमयुक्त क्षेत्रमा भौगर्भिक अध्ययन गरेरमात्रै सडक निर्माण गरिनुपर्छ । अझ महŒवपूर्ण कुरा त सडक निर्माणमा प्रयोग हुने प्रविधि र सामग्रीको गुणस्तर हो । काम लगाउने निकाय र सडक÷पुल बनाउने व्यवसायीको मिलेमतोमा गुणस्तरहीन काम भएका उदाहरणहरूको पनि कमी छैन । यस्तो प्रवृत्तिमा लगाम लगाइनुपर्छ ।
ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।
म्याग्दी : रघुगंगा गाउँपालिका–३ गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा छ। पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभरि जाग्राम बस्न बाध्य छन्।गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापरबाही गर्दा बस्ती पहिरोको जोखिममा परेको स्थानीय टककुमारी छन्त्यालले बताइन्। गत वर्षदेखि सडक निर्माण थालिएको थियो। कमजोर र भिरालो जमिनमा जथाभावी रुपमा सडक बनाउँदा पहिरो गएको उनको भनाइ छ।यस बस्तीका बासिन्दा जेठ पहिलो सातादेखि नै राति सुत्न पाएका छैनन्। विकासका नाममा निम्तिएको विनासका
म्याग्दीको गलेश्वर पारीको वस्ती पहिरोको उच्च जोखिममा परेको छ । रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको वस्ती माथिको पाखोबाट पहिरो खस्दा यहाँ रहेका ३० घरपरिवार जोखिममा परेका हुन । भिरालो पाखो लस्किएर वस्तीमाथि आइपुगेको छ । पहिरोको कारण स्थानीयवासीहरु रातमा निदाउन पाएका छैनन् । कतिबेला पहिरो खस्छ र वस्ती नै पुर्ने हो भन्ने चिन्ताले यहाँका स्थानीयवासीहरु चिन्तीत छन् ।
गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापरबाही गर्दा वस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासीहरु बताउँछन् । गत वर्ष देखि सडक निर्माण थालिएको थियो । कमजोर र भिरालो जमिनमा जथाभावि रुपमा सडक बनाउँदा पहिरो चलेको स्थानीयवासीहरु बताउँछन् ।
सडक बनाउदा प्रर्याप्त सावधानी नअपनाएका कारण वस्तीमाथि पहिरो खस्न थालेको स्थानीयवासी गंगादेवी छन्त्यालले बताउनुभयो । कमजोर भुभागमा सडक बनाउन डोजरले जथाभावि भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पुरै पाखो खस्न थालेको स्थानीयवासी छन्त्यालले बताउनुभयो ।
कञ्चनपुर जिल्लामा निर्माणाधीन हुलाकी सडक निर्माण कार्यमा ढिलासुस्ती भएको छ। निर्माण कार्य सुरु भएको छ वर्ष बिते पनि भौतिक प्रगति सन्तोषजनक देखिएको छैन। पाँचौँ पटक थप गरिएको म्याद अब सकिन तीन महिना बाँकी हुँदा पनि निर्माण कार्यले अझै गति लिन सकेको छैन। कामको गति हेर्दा पाँचौँ पटक थप गरिएको समयमा पनि कञ्चनपुर हुलाकी राजमार्ग निर्माण कार्य पूरा हुने अवस्था देखिँदैन। हुलाकी राजमार्ग आयोजना कार्यालय, धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले राजमार्ग निर्माण कार्यमा ठेकेदारले लापरबाही गरिरहेको बताउनुभयो।