रमेश खरेल भन्छन्- एक्लै गाह्रो हुने रहेछ, सिन्डिकेट तोड्न बलियो टिम रोजेँ

काठमाडौं। नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले सिन्डिकेट तोड्नका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका बताएका छन्। बाराबाट उपनिर्वाचन लड्न रास्वपाले खरेलको नाम पनि सर्टलिस्ट गरेपछि उनी चर्चामा आएका हुन्। यसअघि गत निर्वाचनमा उनी काठमाडौं-१ मा चुनाव लडेका थिए। नेपाली कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रविन्द्र मिश्रसँग भिडेका थिए। ‘एक्लै गाह्रो हुने रहेछ। […]

सम्बन्धित सामग्री

रमेश खरेल भन्छन् ‘रास्वपाका २१ भाई बहिनी सदन तताउनुस्, हामी सडक तताउँछौं’

काठमाडौं, १४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेलले भ्रष्टाचारीलाई उन्मुक्ति दिने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि मुद्दा चलाउने समयावधि ५ वर्ष मात्र राख्न लागेको भन्दै उनले भ्रष्टाचारमा डुबेकाहरुलाई जोगाउने काम हुन लागेको आशंका व्यक्त गरेका हुन् । उनले […]

सुशासन, शिक्षा र सुरक्षाका लागि मेरो उम्मेदवारी : रमेश खरेल

२० चैत, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउन आफूले उम्मेदवारी दिएको बताए । उनले भने, ‘मधेसमा मात्रै हैन देशभर कुशासन छ, त्यति राम्रो शिक्षा छैन, मतदाताले राम्रो शिक्षा पाएका […]

रमेश खरेल : खरो प्रहरीको राजनीतिमा चलेन जोर

प्रहरीमा छँदा बेथितिविरुद्ध खरो उत्रिने अफिसरका रुपमा कमाएको छविबाट आमसमर्थन जुटाउने लक्ष्यसहित रमेश खरेलले नेपाल सुशासन पार्टी गठन गरेका थिए । तर, राजनीतिमा उनी सफल हुन नसकेको पछिल्लो दुई निर्वाचनको परिणामले संकेत गरेको छ ।

रमेश खरेल : प्रहरीमा आर्जित जनसमर्थनलाई मतमा बदल्ने चुनौती

२९ वर्षे प्रहरी सेवा कालमा बनाएको सामाजिक छवि नै राजनीतिमा खरेलको प्रमुख पूँजी हो । उनी उपप्रधानमन्त्री, मन्त्री भइसकेका र नेपाली कांग्रेस पार्टीको निर्णायक तहमा रहेका प्रकाशमानसिंहसँग भिड्दै छन् ।

रवि लामिछाने-रमेश खरेल भेट : राजनीतिक सहकार्य गर्न सकारात्मक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष  रमेश खरेलबीच भेटवार्ता भएको छ।उनीहरूको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको सुशासन पार्टीले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको छ। भेटमा दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको समेत सुशासन पार्टीले जनाएको छ। नेपाल प्रहरीका पूर्वडीआईजी  रहेका रमेश खरेल आगामी संसदीय चुनावमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। उनले  काठमाडौं-१ बाट उम

प्रकाशमानविरुद्ध काठमाडौं–१ बाट चुनाव लड्दै रमेश खरेल

काठमाडौं, २९ जेठ । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेलले आगामी चुनावमा उम्मेदवारी दिने भएका छन् । खरेलले आगामी प्रनिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । पार्टीले सामाजिक सञ्जालमार्फत देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको अभियानमा सबैले साथ दिने अपेक्षा गरेको उल्लेख गरेको छ । […]

पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन्  । पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन् ।राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका

नेपाल सुशासन पार्टी घोषणा गर्दै रमेश खरेल

२३ मंसिर, काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले नेपाल सुशासन पार्टी गठन गर्ने भएका छन् । राजीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको भन्दै खरेलले सुशासन पार्टी गठन गर्न लागेको बताएका छन् । यसका लागि शुक्रबार साढे २ बजे अनामनगरमा उनले कार्यक्रम राखेका छन् । पार्टी गठन गर्नुअगावै उनले संयोजकको हैसियतामा निमन्त्रणा पत्रमा हस्ताक्षर […]