नेपाल सुशासन पार्टी घोषणा गर्दै रमेश खरेल

२३ मंसिर, काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले नेपाल सुशासन पार्टी गठन गर्ने भएका छन् । राजीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको भन्दै खरेलले सुशासन पार्टी गठन गर्न लागेको बताएका छन् । यसका लागि शुक्रबार साढे २ बजे अनामनगरमा उनले कार्यक्रम राखेका छन् । पार्टी गठन गर्नुअगावै उनले संयोजकको हैसियतामा निमन्त्रणा पत्रमा हस्ताक्षर […]

सम्बन्धित सामग्री

रमेश खरेल : खरो प्रहरीको राजनीतिमा चलेन जोर

प्रहरीमा छँदा बेथितिविरुद्ध खरो उत्रिने अफिसरका रुपमा कमाएको छविबाट आमसमर्थन जुटाउने लक्ष्यसहित रमेश खरेलले नेपाल सुशासन पार्टी गठन गरेका थिए । तर, राजनीतिमा उनी सफल हुन नसकेको पछिल्लो दुई निर्वाचनको परिणामले संकेत गरेको छ ।

पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन्  । पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन् ।राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका

भोलि ‘नेपाल सुशासन पार्टी’को घोषणा गर्दै रमेश खरेल

काठमाडौँ– नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले शुक्रबार नयाँ पार्टीको घोषणा गर्ने भएका छन्। यसअघि ‘नेपाल सुशासन अभियान’ नामबाट अभियान सञ्चालन भइरहेकोमा भोलि औपचारिक रुपमा ‘नेपाल सुशासन पार्टी’ गठन गर्न लागिएको हो। खरेलले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै नयाँ पार्टी गठनबारे जानकारी गराएका छन्। शुक्रबार अपराह्न साढे ३ बजे अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रम आयोजना […]