तेजेन भट्टराई-
तत्कालीन नेकपा-माओवादीले जुन घोषित अभिष्टका साथ “जनयुद्ध” सञ्चालन गरेको थियो, त्यसको आधारमा तराई-मधेश उसको मूल कार्यक्षेत्र र लक्ष्य हुनुपर्थ्यो। माओवादी आन्दोलनको विडम्बना या कमजोरी भनौँ यसले प्रगतिशील परिवर्तनको खाँचो रहेको मधेशका निम्नवर्गीय जनतालाई गोलबन्द गरेर वर्षौँदेखि आर्थिक, सांस्कृतिक र राजनीतिक उत्पीडनमा रहेका जनताको पक्षमा तात्त्विक परिवर्तन ल्याउन