नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा वामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि वामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन् ।
पार्टीको बागमती प्रदेश कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरू वामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे ।
पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए । देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उनले निर्देशन...