रेल चलाउने कर्मचारी भेटिएनन्

बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एक जनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो । उक्त रेल सेवा सञ्चालनका लागि रेल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो । आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेल्वे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ ।

सम्बन्धित सामग्री