सप्तकोशी नदीको बाँध फुट्यो, २० हजार स्थानीय प्रभावित

बुधबार विहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा शतर्कता अपनाइएको छ ।

सम्बन्धित सामग्री

बस्ती पसेको कोशी छेक्न सक्ने सामर्थ्य हामीसँग छैन : मन्त्री कार्की

उदयपुरको बेलकास्थित सप्तकोशी नदी बाँध कटान गर्दै बस्ती पसेको समाचारले देश तरङ्गित बनिरहेको छ । दिनभरजसो सप्तकोशीको कटानकै विषयमा सञ्चारमाध्यम केन्द्रित देखिए । संघीय सरकारका स्थानीय संयन्त्रहरु कटान क्षेत्रमा उद्धार र राहत कार्यमा जुटिरहँदा प्रदेश १ सरकारका दुई जना मन्त्री दिनभर सोही स्थानमा देखिए ।प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की बिहान १० बजेतिरै सो क्षेत्रमा पुगेर सरकारी संयन्त्रलाई परिचालित गर्दै थिए । स्थानीयको उद्धार र राहतमा जुट्न प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त