कृषि उत्पादन वृद्धिका लागि सिँचाइ

नेपाल एक कृषिप्रधान देश भएकाले यहाँको कृषि विकासका लागि सिँचाइले एक महŒवपूर्ण भूमिका खेल्ने कुरा निर्विवाद छ । विगतमा यहाँ विभिन्न किसिमको सिँचाइ गर्ने तरिका अपनाइए तापनि सिँचाइको योजनाबद्ध विकास भने वि.सं. २०१५ देखि सुरु गरिएको कुरा एक आधिकारिक तथ्यांकले पुष्टि गरेको छ ।आ.व. २०३९/०४० मा एसियाली विकास बंैकको सहयोगमा सुरु गरिएको सिँचाइ विकास आयोजना […]

सम्बन्धित सामग्री

सामूहिक र करार खेतीलाई प्रोत्साहन

काठमाडौँ, १९ भदौ । सरकारले खाद्यान्न र दूधजन्य पदार्थमा अत्मनिर्भर हुन सिँचाइ, सामूहिक खेती, पशुस्वाथ्य र हरियो घाँस विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । बाँझो जमिन उपभोग कार्यक्रममार्फत सिँचाइ संयन्त्र निर्माण गरी उत्पादनमा वृद्धि एवं सामूहिक र करार खेतीलाई समेत प्रोत्साहन गर्ने नीति सरकारले अघि सारेको हो । कृषि उत्पादन बढाएर आत्मनिर्भर हुने सबैभन्दा महत्त्वपूर्ण […]

कृषि उत्पादन बढाएर नै अर्थतन्त्र बलियो बनाउन सकिन्छ : कृषिमन्त्री

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभएको छ । आज आइतवार काठमाण्डाैमा एक कार्यक्रममा कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले कृषि नेपालका लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिँचाइको रहेको बताउनुभयो । उहाँले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिँचाइ हुन नसकेको बताउनुभयो । यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शु...

मधेसका किसानलाई जल र मलको पिरलो

कृषिलाई मधेस प्रदेशको समृद्धिको मूल आधार मानिन्छ। प्रदेश सरकारले प्रदेश समृद्ध बनाउने ध्येयले कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। धान रोपाइँ गर्ने बेलामा भने मधेसका किसान जल र मल बिना छटपटाउँदै निरीह देखिएका छन्।...

तुलसीपुरमा ‘एक वडा एक उत्पादन’

तुलसीपुर उपमहानगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रम अगाडि बढाउने भएको छ । उप महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रममा यस्तो नीति ल्याएको हो । सिँचाइ सुविधा विस्तार, कृषि उत्पादन वृद्धि को आधारलाई मध्यनजर गर्दै घट्दो जलस्रोतको अवस्थालाई दृष्टिगत गरी वाटर रिचार्जका जलाशय तथा पोखरी निर्माण गरी बहुआयामिक प्रयोजनमा उपयोग गर्न पोखरी कार्यक्रमलाई अनिवार्य गरिने […]

कृषि, सामाजिक र भौतिक विकासमा ६ करोड लगानी

जुम्लाको तिला र तातोपानी गाउँपालिकामा सञ्चालित भकारी परियोजनामार्फत् सञ्चालित गतिविधिले कृषि, सामाजिक र भौतिक क्षेत्रको विकासले फड्को मारेको छ । तीन वर्ष परियोजनाले सामाजिक रूपान्तरणसँगै आयआर्जन वृद्धि, क्षमता विकास र कृषि उत्पादन र भौतिक विकासमा उल्लेखनीय काम गरेको पाइएको छ । परियोजनामार्फत् सिँचाइ अभावले बाँझिँदै गएका खेतीयोग्य जमिनमा सिँचाइ सुविधामात्र पुगेको छैन । विद्यमान सामाजिक […]

जल र मलको पीडाले छटपटिँदै मधेसका किसान

कृषिलाई मधेस प्रदेशको समृद्धिको मूल आधार मानिन्छ। प्रदेश सरकारले प्रदेश समृद्ध बनाउन कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। तर धान रोपाइँको समयमा अहिले मधेसका किसान जल र मलबिना छटपटाइरहँदा सरकार निरीह दर्शक बनेको छ।...

लिफ्टमार्फत गाउँगाउँमा पानी पुग्दा स्थानीय हर्षित

जाजरकोट – जिल्लाको भेरी नगरपालिका-१२ विष्णेचौरमा लिफ्ट सिँचाइमार्फत पानी आएपछि गाउँका बासिन्दा खुसी भएका छन्। सिँचाइ सुविधाद्वारा कृषि उत्पादन बढाउन र आयआर्जनमा सुधार ल्याउनका लागि ८० प्रतिशत अनुदान सहयोगमा उक्त लिफ्ट सिँचाइ योजना निर्माण गरिएको हो। सिँचाइका लागि ल्याइएको पानी प्रशोधन गरेर पिउनयोग्य बनाइएको स्थानीयवासीले जानकारी दिएका छन्। विष्णेचौरवासीले पुर्खौँदेखि पानीका लागि दुःख भोग्दै आएका […]

कृषि उत्पादन र उत्पादत्वमा वृद्धि

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि कृषि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ । स्वदेशी सोच र स्वदेशी पूँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता आएको र उत्पादन बढी रोजगार पनि सृजना भएको सहभागीले बताएका छन् । सो परियोजनाको प्रदेश कार्यान्वय एकाइ मोरङद्वारा सुनसरीको झुम्कास्थित कृषि व्यावसायिक प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा आयोजित क दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागीले सो धारणा राखेका हुन् । सुपर जोन, जोन, ब्लक तथा पकेट क्षेत्र निर्धारण गरी सञ्चालित यो परियोजनाबाट साना सिँचाइ, बीउबिजन, प्रशोधन, यान्त्रिकीकरणको विस्तार, समूहको गठन, चक्लाबन्दी खेतीको विस्तार भएको पाइएको छ । कम लागतमा बढी उत्पादन गर्न परियोजनाले कृषकलाई अनुदान दिने, यान्त्रिकीकरणमा सहयोग गर्ने, खेत खनजोत गर्न पावर टेलर, ट्र्याक्टरजस्ता अन्य उपकरणमा सहयोग र प्राविधिक ज्ञान दिने गर्दछ ।      परियोजनाका प्रमुख विनोद मण्डलले यस प्रदेशमा धान सुपर जोन एक, अलैंची जोन पाँच, मकै जोन तीन, आलु जोन, दुई, तरकारी जोन पाँच, सुन्तला जोन पाँच, अदुवा बेसार जोन तीन रहेको प्रष्ट पार्दै चालु आवको दोस्रो त्रैमासिक अवधिमा कुल १२ करोड ८२ लाख ३१ हजार खर्च भएको जानकारी दिए । उनले प्रदेश १ मा कृषिका ५२ वटा ब्लक र पशुका २९ ओटा ब्लक रहेको स्पष्ट पार्दै परियोजना कार्यान्वयनमा देखिएका समस्यामा नीतिगत, प्राविधिक र व्यवस्थापकीय सुधार हुनुपर्ने बताए । तेह्रथुम र धनकुटा परियोजना एकाइका प्रमुख बौआलाल चौधरीले चालू आवको दोस्रो त्रैमासिक अवधिमा आफ्ना कार्यक्षेत्रमा सुन्तला ९ करोड ८७ लाख ५२ हजार र अलैंची १६ करोड २० लाख मूल्य बराबरको उत्पादन भएको जानकारी दिए । परियोजना कार्यान्वयन एकाइ संखुवासभाको प्रमुख लक्ष्यबहादुर चौधरीले यस जिल्लामा अलैंची दुई हजार २५० हेक्टर र सुन्तला ९०० हेक्टर लगाइएको जानकारी दिए । यहाँ समूह २३, सहकारी १० कृषि फर्म १३८ रहेको उनले बताए ।      परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीले परियोजनाबाट सामूहिकरुपमा खेती गर्ने परम्परा बढेको जानकारी दिए । यस्तै बंगुर नश्ल, माछा भुरा, धान बीउ स्रोत केन्द्र सञ्चालन भएको र बीउमा आत्मनिर्भर भएको उनले बताए । कोशी क्षेत्रमा खेर गएको बलौटे जग्गामा कागती खेती विस्तार एवं माछा पोखरी निर्माण हुनु परियोजनाको उपलब्धि भएको उनले बताए । सो अवसरमा परियोजना व्यवस्थापन एकाइ खुमलटारका वरिष्ठ कृषि अधिकृत डा. जित चन्दले परियोजनाले नेपाली जनतालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र प्रशस्त रोजगारी सृजना गर्ने उद्देश्य रहेकाले यसमा सबैले आ–आफ्ना दायित्व पूरा गर्न आग्रह गरे । रासस

आयात प्रतिस्थापनको प्रयास

मुलुकमै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको स्वदेशमै उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिने कृषि विज्ञहरूको भनाइ छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले कृषिमा काम गर्ने जनशक्ति अभाव, खेतियोग्य जमिन खडेरीमा प्रयोजन हुनु, रासायनिक मलको अभाव,बीउ, सिँचाइ, उन्नत प्रविधिको अभाव, लागत मूल्य महँगो हुनु लगायतका अन्य कारणले गर्दा कृषि उत्पादन बढ्न सकेको छैन प्रजातन्त्रको […]

सिँचाइ पोखरी बनेपछि किसानमा छायो खुसी

रोल्पा – सुख्खायाममा सिँचाइको अभाव खेप्दै आएका रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ हिलेका स्थानीयलाई अब भने सहज हुने भएको छ । पहाडी साना किसानका लागि अनुकूलन आयोजनाको सहयोगमा सिँचाइ पोखरी निर्माण भएपछि कृषकहरु उत्साहित भएका छन् । सिम सिँचाइ योजना निर्माण भएपछि हिले गाउँका स्थानीयलाई सिँचाइ सुविधा पग्ने भएको हो । जम्मा १३ घरधुरी भएको यो गाउँको ६५ रोपनी जमिनमा कृषि उत्पादन हुँदै आएको छ । सुख्खायाममा सिँचाइ अभावले कृषि उत्पादनमा असर पर्ने गरेकोमा अब भने बाह्रै महिना सिँचाइ सुविधा पुग्ने भएको छ । सिँचा...