रुकुम पश्चिम – रुकुम पश्चिमको एक स्वास्थ्य चौकीमा समस्याका चाङ रहेका छन् । बर्थिङ सेन्टर सहितको सेवा सञ्चालन भइरहेको र सेवा प्रवाहमा उदाहरणीय रहेको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को मुरु स्वास्थ्य चौकी व्यवस्थापनमा अनेक समस्या रहेको छ ।
स्वास्थ्य संस्थाको मापदण्डअनुसारको भवन नहुँदा सेवाग्राही र कर्मचारीले अनेक समस्या झेलिरहेका छन् । एक कर्मचारीका अनुसार बर्थिङ सेवा लिनेहरूरुका लागि आराम गर्ने कोठासमेत छैन ।
गएको आर्थिक वर्षमा यस स्वास्थ्य चौकीमा एक सय १३ जनाले सुरक्षित प्रसूति सेवा पाएको तथ्याङ्क रहेको छ । ...