काठमाण्डाै - आगलागी र डढेलोका घटना फेरि बढ्न थालेका छन् । अहिले देशका १५० ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।
सबैभन्दा धेरै बाँके र सुर्खेतमा डढेलो लागेको छ । बाँकेका ३३ र सुर्खेतका २५ ठाउँमा डढेलो लागिरहेको छ ।
यस्तै, कैलालीका ९, सिन्धुली र बर्दियाका ८/८, कञ्चनपुर र सल्यानका ६/६, खोटाङ, दाङ र अर्घाखाँचीका ५/५ ठाउँ, दोलखाका ४, धनकुटा, अछाम, नुवाकोट, कपिलवस्तु, ओखलढुंगा, रामेछाप र स्याङ्जाका ३/३ ठाउँमा डढेलो लागेको छ ।
यसैगरी, मकवानपुर, पर्सा, प्युठान र ते...