काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी छन् । शनिबार बिहान ५ः०० खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा बाख्रीको पहिचान खुल्ने अंगहरु लुकाएर मासु बेच्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश कुमार